तिनाउ विकास बैंकका बिभिन्न सुबिधा लागु

२८ मंसिर २०६९, बिहीबार ०६:४९ मा प्रकाशित

रुपन्देही, २८ मंसिर । रुपन्देही तिनाउ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि दुईथरि नयां सेवा शुरु गरेको छ । बैंकले नेपाल टेलिकम र एनसेलको मोबाइल रिचार्ज र टेलिफोनको बिल भुक्तानी गर्न सक्ने व्यवस्था गरेको बैंकले जनाएको छ । यसबाट तिनाउ विकास बैंकका खातावाला ग्राहक तथा अन्य सर्वसाधारण सबैले आफ्नो मोबाइल रिचार्ज गर्न तथा टेलिफोनको बिल भुक्तानी सहज तरीकाबाट गर्न सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदीप कुमार श्रेष्ठले जानकारी दिए । तिनाउ विकास बैंकको जुनसुकै शाखाको काउण्टरमा गएर रु. १०। भन्दा माथिको रकम कम्प्युटर माध्यमबाट आफुले चाहेको मोबाइल नम्बरमा रिचार्ज गर्न सकिने व्यवस्था बैंकले मिलाएको छ । बुटवल अस्पताल लाइनमा केन्द्रिय कार्यालय रहेको बैंकले रुपन्देही, नवलपरासी र चितवन जिल्ला गरि ८ वटा शाखा कार्यालयमार्फत बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।केही समययता घटेको बैंकहरूको निक्षेप पुनः बढ्न थालेको छ । मंसिरको पहिलो र दोस्रो सातामा निक्षेप घटेकोमा तेस्रो सातामा निक्षेप

काठमाडौँ । हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनाबद्ध रुपमा प्रयास

काठमाडौँ । सरकारले राजस्व छल्नेहरूमाथि बढाएको अनुगमन तथा निगरानीसँगै अहिले राजस्व छलीका अनेकौं रूप धमाधम बाहिरिन थालेको छ । पछिल्लो

काठमाडाैँ।चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको