अभिभावक दिवस सम्पन्न

२८ मंसिर २०६९, बिहीबार ०६:४७ मा प्रकाशित

रुपन्देही, २८ मंसिर । नहरपुर माविले बुधबार एक कार्यक्रमको आयोजना गरि ४३ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । दिवसको अवसरमा कार्यक्रमका विशिष्ट अतिथि बुटवल नगरपालिकाका प्रमुख खिम बहादुर रायमाझीले विद्यालयको चौतर्फी विकासमा अभिभावकहरुको ठूलो भूमिका हुने बताउदै यसमा सबै मिलेर लागेमा विद्यालयको विकास सुनिष्चित रहेको बताउनु भयो । उहाले विद्यालय शिक्षाको मन्दिर भएकोले पनि यसको संरक्षण र विकासमा सबैको भूमिका उत्तिकै रहने समेत बताउनु भयो ।
यसै अवसरमा आज विद्यालयले कम्प्यूटर प्रयोगशालाको पनि उद्घाटन र विद्यालयले प्रकाशन गरेको आकांक्षा मुख पत्रको समेत विमोचन गरेको छ । सो अवसरमा विद्यालयले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत समेत गरेको छ । कार्यक्रमा विद्यालयका पूर्व विद्यार्थी दिनानाथ भट्टराइ, सल्लाहकार हेम बहादुर खत्री, लक्ष्मी मावि की प्र अ लक्ष्मी गुरुङ , रामचन्द्र क्षेत्री, विद्यालयका निवर्तमान प्र अ हरीप्रसाद शर्मा पथिक, अक्षयकोषका अध्यक्ष मधु शाह लगायतले बोलेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धनिश्वर गौतमले विद्यालयको प्रगतिविवरण तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको विकासका लागि सबै क्षेत्रबाट सहयोग गर्नु हुन अनुरोध गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

काठमाडौँ । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा (तीन महिनाभित्रमा) नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनि समेटिने भएको

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार