बुटबलमा जातीय सद्भाव महायज्ञको तयारी

२८ मंसिर २०६९, बिहीबार ०६:४४ मा प्रकाशित

रुपन्देही, २८ मंसिर । क्षत्री समाज रुपन्देहीले आगामी पुस २० गतेदेखि २८ गतेसम्म बुटवल मण्डपमा श्रीमद् भागवत धनधान्यान्चल विशिष्ट पुजा अर्चना तथा जातीय सद्भाव महायज्ञ गर्ने भएको छ । सामाजिक कामका लागि वहुउद्देश्यीय भवन निर्माण, अक्षयकोष स्थापना लगायतका काम पुरा गर्न अर्थसंकलन गर्ने उद्देश्यका साथ महायज्ञ गर्न लागिएको समाजले बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । महायज्ञबाट सबै जातजातिले प्रयोग गर्न सक्ने वहुउद्देश्यीय भवन निर्माणका साथै असहाय विपन्न तथा मजदुरका जेहेन्दार बालबालिकाहरुको अध्ययनमा सहयोग पुराउन अक्षयकोष स्थापना गर्ने, हिन्दु सनातन धर्म संरक्षणका लागि दुर्गापञ्चांग मन्दिर निर्माण गर्ने तथा एम्बुलेन्स र शववाहन खरिद गर्ने लक्ष्य राखिएको पत्रकार सम्मेलनमा क्षत्री समाज रुपन्देहीका अध्यक्ष लेखबहादुर कार्कीले जानकारी दिनुभयो । पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गर्ने महायज्ञबाट ८ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएका छन् । महायज्ञ अवधिमा योग शिविर, विवाह, व्रतबन्ध, तुलादान, चौरासी पुजा, लक्ष्यहवन, भण्डारा र भजनकिर्तन, नाचगान जस्ता कार्यक्रम दैनिक रुपमा संचालन गरिने छ । महायज्ञमा दान गर्नेहरुलाई सम्मान र सबैभन्दा धेरै दान गर्ने दम्पत्तिको पुर्णकदको शालिक बनाउने आयोजकले जनाएका छन् ।
पत्रकार सम्मेलनमा क्षत्री समाजका लुम्बिनी अञ्चल अध्यक्ष लक्ष्मण थापाले महायज्ञको आयोजक क्षत्री समाज भएपनि सबै जातजातिको साझा महायज्ञ हुने भनाई राख्नुभएको थियो । कार्यक्रमको संचालन समाजका सचिव दिलबहादुर थापाले तथा समाजका वरिष्ठ उपाध्यक्ष गुप्तबहादुर केसीले स्वागत गर्नुभएको थियो ।
महायज्ञ सम्पन्न गर्न १ हजार ५१ सदस्यि मूल समिति ,२५ सदस्यिय सचिवालय समिति र विभिन्न ४४ वटा उपसमिति गठन गरि तयारीका कार्यहरु तिब्र गतिमा भैरहेको आयोजकले जनाएका छन् ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ३ सय ८६ जनाको

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भइ कार्यरत १६१३ कर्मचारीको एकैपटक सरुवा