पाकिस्तानमा ७ सैनिक तथा २२ लडाकूको मृत्यु

१२ चैत्र २०६८, आईतवार ०९:२१ मा प्रकाशित

काठमाडौ, १२ चैत । पाकिस्तानको उत्तरपूर्वी भागमा रहेको तनावग्रस्त आदिवासी क्षेत्रमा गएको २४ घण्टामा कम्तिमा ७  सैनिक तथा २२ लडाकूको मृत्यु भएको छ । सुरक्षा सेनाले दक्षिणी वजिरिस्तान क्षेत्रमा गरेको खोजी कार्यमा १२ लडाकूको मृत्यु भएको एक सैनिक अधिकारीले जानकारी दिएका छन् । ती अधिकारीले खोजी कार्य वाना नगरनजिकै शिन वार्साक क्षेत्रमा गरिएको बताए । कारवाहीमा ४ सैनिकको पनि मृत्यु भएको बताइएको छ । यसअघि ओराकाजाइ जिल्लाको कालाया नगरको बाहिरी भागमा रहेको खादिजाइमा अवस्थित निरीक्षण केन्द्रमा तालिवानी लडाकूहरूले आक्रमण गरी ३ सैनिक मारेको र त्यसमा १० लडाकूको पनि मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

तेलअबिब । इजरायली हवाई आक्रमणका कारण प्यालेस्टिनी क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । प्यालेष्टिनी तथा इजरायली पक्षबीच सुरू

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा