संक्रमणकालीन अवस्थाकाबीच सुरक्षा ब्यबस्था सृदढ : प्रहरी महानिरीक्षक राना

२८ मंसिर २०६९, बिहीबार ०६:४१ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २८ मंसिर । प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले देशमा राजनैतिक संक्रमणकालको अवस्था रहेकोले देशको शान्ति सुरक्षामा आफ्नो बिशेष ध्यान रहने बताएका छन । बुधबार आफ्नो गृहजिल्ला रुपन्देही आएका महानिरिक्षक रानाले भैरहवाको लायन्स क्लब अफ सिद्धार्थनगर, बिभिन्न संघ संस्था, ब्यापारी एवम सर्वसाधारणहरुले गरेको स्वागत तथा सम्मान कार्यक्रममा उक्त भनाई राखेका हुन् ।
कार्यक्रममा बोल्दै महानिरीक्षक रानाले भैरहवा दक्षिणको सीमासित सटेर रहेको हुँदा सीमा अपराध, चन्दा आतंक, लागुऔषध लगायतको समस्या रहेकाले यसको उन्मूलन तथा शान्ति सुरक्षाको लागि आफूमातहतका सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन समेत दिएका छन् ।लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष रुपमा हिराचनको अध्यक्षतामा गरिएको सम्मान तथा अभिनन्दन कार्यक्रममा प्रहरी नायब महानिरिक्षक केशव अधिकारी, वरिष्ठ प्रहरी उपरिक्षक बमबहादुर भण्डारी, उद्योगपति ओमकार गौचन, बिष्णुप्रसाद शर्मा लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

जनकपुरधाम।नेपाली कांग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भए पनि प्रदेश २ का भने शनिवारका लागि ताेकिएकाे अधिवेशन पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

आजको प्रमुख समाचार