राष्ट्रपतिले फेरी बोलाए प्रमुख दलका शीर्ष नेताहरुलाई

२७ मंसिर २०६९, बुधबार २०:१७ मा प्रकाशित

काठमाडौं, २७ मंसिर । राष्ट्रपति रामवरण यादवले राष्ट्रिय सहमतिको सरकार गठनका लागि दबाब दिन प्रमुख दलका शीर्ष नेताहरुलाई फेरी बोलाएका छन् । उनले यसअघि तेस्रो पटक छ दिनका लागि थपेको समयसिमा पनि सहमति हुन नसके पछिको अवस्था र पुन चौथो पटक म्याद थपबारे छलफल गर्न भोली विहान दलका नेताहरुलाई बोलाएका हुन् ।
राष्ट्रपतिले यसअघि छ दिनका लागि थप गरिएको समय आज बेलुकी सकिएको छ ।
छलफलका लागि राष्ट्रपतिले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शुशिल कोइराला, एमाले अध्याक्ष झलनाथ खनाललगायतका नेताहरुलाई बोलाएका छन् । तर, शीर्ष दलका नेताहरु राष्ट्रपतिले सहमतिका लागि पुन समय थप गर्नेमा ढुक्क भएका छन् ।
यसअघि थप गरिएको समयमा कांग्रेसले सभापति सुशील कोइरालालाई सर्वसम्म प्रधानमन्त्री उम्मेदवार घोषणा गरिसकेको छ भने एमालेले कोइरालालाई समर्थन गरेको छ । तर, माओवादीले बिमति जनाएको छ ।
एमाओवादीको पदाधिकारीस्तरमा छलफल भए पनि प्रधानमन्त्री बाबुराम भट्टराईको विकल्प सुझाएको छैन । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले पनि भट्टराईकै नेतृत्वमा सहमतिको सरकार बन्नुपर्ने अडान यथावत् राखेको छ ।
तोकिएको समयसीमाभित्र सहमतीय सरकारका प्रधानमन्त्रीको नाम नआएपछि राष्ट्रपतिसँग लगातार म्याद थप्नुको विकल्प छैन । राष्ट्रपतिले अन्तरिम संविधानको धारा ३८ को उपधारा १ बमोजिम मंसिर ७ गते सहमतीय प्रधानमन्त्री चयनका लागि सिफारिस गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका थिए । सहमति नभएपछि मंसिर १४ र मंसिर २२ मा पुनः अपील गरे पनि सहमति भएन ।
पछिल्लोपटक थपिएको म्याद बुधबार सकियो । ‘राष्ट्रपतिले भोलि पुनः म्याद थप गर्नुहुन्छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने, ‘सहमति नभएसम्म म्याद थपिन्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार