सत्ता लम्ब्याउने अतिवादको सपना नदेख्न ओलीको आग्रह

२७ मंसिर २०६९, बुधबार १८:३८ मा प्रकाशित

 काठमाडौं, २७ मंसिर । एमालेका नेता शर्मा केपी ओलीले एकीकृत माओवादीलाई सत्ता लम्ब्याउने अतिवादको सपना नदेख्न आग्रह गरेका छन् ।
नेपाल दूरसञ्चार कर्मचारी सङ्घको आठौँ अधिवेशनको उद्घाटन गर्दै आज राजधानीमा नेता ओलीले भने, ‘२१ औँ शताब्दीमा जनताले कुनै पनि अतिवादलाई सहन सक्दैनन ।’ राजनीतिक बेइमान गर्दै सत्ता लम्ब्याएर सिंहदरबारमा फोटो झुन्ड्याइराख्न सकिएला तर यसले लोकतन्त्र, शान्ति, राष्ट्रियता र समृद्धिको लागि फाइदा पुग्दैन, नेता ओलीको भनाई थियो ।
सङ्घका अध्यक्ष अशोककुमार कर्णले कम्पनीले बदलिँदो अवस्थामा आर्थिक, प्राविधिक सुधार गर्न आवश्यक रहेको र यसका लागि सङ्घले विभिन्न सुधारका कार्यक्रम व्यवस्थापनसमक्ष प्रस्तुत गरेको जानकारी दिए । तीन दिने यस अधिवेशनमा नेपाल दूरसञ्चार कम्पनीमा कार्यरत सवै जिल्लाका करिव दुई हजार ५०० प्रतिनिधिहरूको सहभागिता रहेको छ। अधिवेशनमा सङ्घको नयाँ कार्यसमितिको चयनसमेत हुनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सप्तरी।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सप्तरी-१ को महाधिवेशन प्रतिनिधि १४ पदमध्ये आठ पदमा बद्रिप्रसाद महत्मान र ६ पदमा ललनप्रसाद गुप्ताकाे टिममा

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको लाजिम्पाटस्थित पुरानो घर बेचेको भनेर केही सञ्चारमाध्यममा खबर आएपछि सचिवालयले स्पष्टीकरण

आजको प्रमुख समाचार