शीर्ष नेताहरु गम्भिर नहुँदा समस्या आएको हो : राष्ट्रपति

२७ मंसिर २०६९, बुधबार १८:२१ मा प्रकाशित

अर्घाखाँची २७  मंसिर ।  राष्ट्रपति रामवरण यादवले प्रमुख दल तथा तिनका नेताहरु गम्भिर नभएका कारण संविधानसभाबाट संविधान बन्ने नसकेको बताएका छन् ।
उनले भने, ‘नेता र दल गम्भीर नबन्दा संविधानसभा विघटन भएकाले देशमा समस्या आएको हो ।’
नेपालकै तेस्रो विद्यालय अर्घाखाँचीको पोखराथोकस्थित हरिहर संस्कृत तथा साधारण उमाविको हीरक महोत्सवको आज उद्‍घाटन गर्दै राष्ट्रपति यादवले निकासको बीच बाटोमा रहेकाले सबै दललाई एकै ठाउँमा बसालेर निकास निकाल्न आफू लागेको जानकारी गराए ।
उनले राणा शासन र पञ्चायत समेत व्यहोरेर आएकाले राष्ट्रपतिबाट देशलाई अप्ठयारो पार्ने काम नहुने भएकाले राष्टपति सक्रिय हुन खोज्यो भन्दा पनि कसरी राजनीतिक संकटको समाधान हुन्छ भन्ने तिर लाग्न दललाई आग्रह गरे । चार वर्षसम्म दल र नेताकै त्रुटिका कारण संविधान बन्न नसकेको त्रुटीलाई गम्भीर रुपमा लिनुपर्ने बताए ।
शिक्षा मन्त्री दिननाथ शर्माले सहमतिको आधारमा सबै दल मिल्नुको विकल्प नभएको बताउँदै सकारात्मक राष्टपतिको भुमिकालाई ध्यान दिनुपर्ने बताए । उनले सरकारले चुनावको मिति तोक्ने र एक साताभित्र सहमति गरेर निकास निकाल्ने तयारीमा रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

चितवन।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय