सदभावना आनन्दीदेवीद्वारा संसद पुनस्थापनाको माग

२७ मंसिर २०६९, बुधबार १७:१४ मा प्रकाशित

काठमाडौं, २७ मंसिर । नेपाल सदभावना पार्टी आनन्दीदेवीले व्यवस्थापिका संसदको क्रियाशीलता विना मुलुकमा लामो समयदेखि जारी राजनीतिक र संवैधानिक गतिरोधको अन्त्य हुन नसक्ने जनाएको छ ।
काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा अन्तरिम संविधानले अर्को निर्वाचन नहुन्जेलसम्म व्यवस्थापिका संसदको कल्पना नगरेको उसले जनाएको छ ।
सद्भावना आनन्दीदेवीकि अध्यक्ष सरिता गिरीले जेठ–१५ गते अध्यक्ष सुवास नेम्वाङले गैरकानूनी रुपमा संविधानसभासँगै संसदसमेत विघठन भएको पत्र राष्ट्रपतिलाई पठाएको प्रति असन्तुष्टि जनाईन् । उनले भनिन्, ‘अर्को निर्वाचन नहुँदा सम्म संसद रहिरहने अन्तरिम संविधानमा व्यवस्था छ ।’
सहमतिका लागि सत्तापक्षले संविधानको अन्र्तवस्तुमा सहमति हुनु पर्ने भनी राखेको प्रस्तावले मुलुकलाई झनै अन्यौलग्रस्त बनाएको अध्यक्ष गिरीले बताईन । पत्रकार सम्मेलनमा अध्यक्ष गिरीले भदौ एक गते आफूलाई हत्या गर्ने प्रयास भएको दाबी गरिन् । आफू सवार कारलाई ट्रकले पछाडीबाट ठक्कर दिएर हत्याको प्रयास गरेको उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार