बालिबालिकालाई शिक्षा दिनुपर्ने राष्ट्रपति कारजाइको भनाइ

१२ चैत्र २०६८, आईतवार ०९:२० मा प्रकाशित

काठमाडौ, १२ चैत । अफगानिस्तानका राष्ट्रपति हमिद कारजाइले आदिवासी तथा धार्मिक नेताहरूलाई बालिबालिकालाई शिक्षा दिन अभिप्रेरित गर्न आह्वान गर्नुभएको छ । अफगानिस्तानका नेताले मुलुकको विद्यालय वर्षको आरम्भका अवसरमा आयोजित एक समारोहमा त्यस्तो आह्वान गर्नुभएको हो । उहाँले विद्रोही समूहलाई शिक्षक तथा विद्यालयका बालबालिकामाथि आक्रमण नगर्न पनि आग्रह गर्नुभयो ।
अफगानिस्तानमा सन् १९९६ देखि २००१ सम्म महिलालाई शिक्षा प्राप्त गर्न तथा काम गर्न प्रतिबन्ध लगाइएको थियो र उनीहरूलाई कसैको साथ नलिकनै घर बाहिर नजान पनि आदेश दिइएको थियो । राष्ट्रपति काराजाइले बालबालिकालाई शिक्षाबाट वञ्चित गर्नु जनताको शत्रु बन्नु भएको बताउनुभयो । सन् २००२ मा अफगानिस्तानका १० लाख बालबालिका विद्यालय जान्थे भने सन् २०१० मा ३० प्रतिशत शिक्षक महिला रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

रोम।इटालीले झण्डै ७० वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ । खडेरीपछि सरकारले पो नदी वरपरका धेरै क्षेत्रमा आपतकालीन अवस्था

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेपछि आफ्ना रक्षामन्त्रीलाई युक्रेनमा आक्रमण जारी राख्न आदेश दिएका छन्।

किभ । रुसले युक्रेनको एक महत्वपूर्ण शहर नियन्त्रणमा लिएको छ । भिषण संघर्षपछि युक्रेनको पूर्वी शहर लिसिचांस्कमा रुसले नियन्त्रण कायम

काठमाडौँ । युक्रेनको सेनाले आफ्नो पूर्वी सहर लिसिचान्स्क अब रुसी सेनाको नियन्त्रणमा रहेको पुष्टि गरेको छ । ‘युक्रेनी रक्षा बलहरू