मलेसियाबाट ओर्लिनेवित्तिकै कहाँ हराए गोसाइँ ?

२७ मंसिर २०६९, बुधबार १५:३१ मा प्रकाशित

काठमाडौं २७ मंसीर । मलेसियाबाट ३ वर्षपछि देश फर्केका तर घर नपुगी वेपत्ता भएका अर्जुनकुमार गोसाइँलाई खोजिदिन उनका दाइ बलिराम गोसाईंले नेपाल सरकार र प्रहरी प्रशासनसँग आग्रह गरेका छन् । मलेशियाबाट गत १६ मंसीरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साढे एक बजे अवतरण गरी भैरहवा घर जान नयाँ बसपार्क पुगेका भाइ त्यहीँबाट हराएको १२ औं दिन भैसक्दा पनि फेला नपरेको भन्दै खोजि गरिदिन नेपाल सरकार, मानवअधिकारकर्मी र सञ्चार माध्यमसँग उनले आग्रह गरेका हुन् ।
दाइ बलिराम गोसाईले भाइ वेपत्ता भएको दिनदेखि नै खोजविन गर्दै जिल्ला र काठमाडौं जिल्ला प्रशासन कार्यालयमासमेत उजुरी दिँदा पनि प्रहरी प्रशासनले चासो नदिएको आरोप लगाए । उनले भने– मलेसियाबाट सँगै आएका उनका साथीहरु ६ जना र अन्य ५ जना एउटै गाडीमा बसेको र मेरो भाइ ट्वाईलेट जाँदा वेपत्ता भएपछि अहिलेसम्म फेला परेका छैनन् । उनले थपे, ‘तीन वर्ष विदेशमा विताएर घर आएको मेरो भाइ पारिवारिक सम्पर्कमा नआई वेपत्ता भएपछि हामी सम्पूर्ण परिवार मर्माहत भएका छौं, मेरो भाइको खोजि गरिदिन आग्रह गर्दछु ।’

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौं।बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र

सप्तरी । राष्ट्रिय जनगणना ९ मंसिरबाट सम्पन्न भएको छ । तर सप्तरीका धेरै परिवार जनगणनाबाट वञ्चित भएको स्थानीयको भनाइ छ।

पर्सा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका-१ पिडारीगुठी बस्ने २१ वर्षीय अब्दुल कादिर अन्सारीलाई बुधबार प्रहरीले

आजको प्रमुख समाचार