औंला पड्काउनेमा विश्व किर्तीमानको तयारी, किर्तिमानी पन्तलाई एभरेष्ट वल्र्ड रेकर्डको प्रमाणपत्र

२७ मंसिर २०६९, बुधबार १५:०८ मा प्रकाशित

काठमाडौ, २७ मंसिर । २५ सेकन्डमा दुबै हातका दश औंला एकैपटक गरी १ सय पटक पडकाएर नौलो किर्तिमान बनाएका चाल्नाखेलका सुवास पन्तलाई बुधवार एभरेष्ट वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरिएको छ । राजधानीमा आयोजित कार्यक्रममा एभरेष्ट वल्र्ड रेकर्डका फाउण्डर मथुरा श्रेष्ठले पन्तलाई सो प्रमाणपत्र प्रदान गरेका हुन ।
प्रमाणपत्रसँगै गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो किर्तिमान अंकित गराउन चाल्नाखेल यूवा क्लबले २५ हजार नगदसमेत सो कार्यक्रममा प्रदान गरेको थियो । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर १० का संविधानसभा उमेदवार राजेन्द्रकुमार केसीले पन्तको अदभुत क्षमताले काठमाडौंबासीहरु गौरवान्वित भएको भन्दै गिनिज बुकमा नाम लेखाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
किर्तिमानधारी पन्तले एभरेष्ट वल्र्ड रेकर्डमा सूचिकृत भएर ५० प्रतिसत काम सकिएको भन्दै अब देशको नाम चिनाउन गिनिजबुकमा नाम लेखाउन प्रयत्न गर्ने बताए । कार्यक्रममै उनले सञ्चारकर्मीहरुको अघि २५ सेकेण्डमा १ सय पटक औला पडकाएर प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार