एक हप्तादेखि पूर्वाञ्चल विश्वविद्यालय बन्द

२७ मंसिर २०६९, बुधबार १५:३९ मा प्रकाशित

विराटनगर, २७ मंसिर । एक हप्तादेखि पूर्वाञ्चल विश्वविद्यालय बन्द रहेको छ । विद्यालयको विभिन्न समूहको तालाबन्दीका कारण पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयको दैनिक कार्य एवम् पठनपाठन ठप्प छ ।
विश्वविद्यालयले आफूहरुमध्येबाटै रजिष्ट्रार नियुक्त गर्नुपर्ने माग गर्दै प्राध्यापक सङ्घ, कर्मचारी सङ्घ र नेपाल विद्यार्थी सङ्घले ताला लगाएको राससले आफनो बुलेटीनमा बताएको छ । प्राप्त जानकारीअनुसार विद्यार्थी सङ्घले उपकुलपतिको कार्यालयसहित विश्वविद्यालयका  सम्पूर्ण विभागमा तालाबन्दी गरेकाले कामकाज ठप्प भएको छ । तालाबन्दीका कारण विश्वविद्यलयको विराटनगरस्थित परीक्षा नियन्त्रण कार्यालय र तीनवटै आङ्गिक क्याम्पसको पठनपाठनसमेत अवरुद्ध भएको छ ।
निवर्तमान रजिष्ट्रार राजकुमार ठाकुरको पदावधि शुक्रबार सकिएपछि नयाँ रजिष्ट्रार विश्वविद्यालयभित्रबाटै नियुक्त गराउन  दबाबस्वरुप उक्त तालाबन्दी सुरु गरिएको हो । यस विषयमा उपकुलपति महेश्वरमान श्रेष्ठले रजिष्ट्रार बाहिरबाट ल्याउने चर्चा चलाएपछि विश्वविद्यालयमा विवाद उत्पन्न भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो

आजको प्रमुख समाचार