अझै सञ्चालन हुन सकेन हेटौडा कपडा उद्योग

२७ मंसिर २०६९, बुधबार १४:५५ मा प्रकाशित

हेटौँडा, २७ मंसिर । नौ वर्षदेखि बन्द अवस्थामा रहेको चिनियाँ लगानीमा स्थापित देशकै ठूलो हेटौँडा कपडा उद्योग कारखाना सञ्चालन अन्यौलमा परेको छ । सरकारी निष्क्रियताका कारण ०६० मंसिरदेखि लिक्विडेसनमा रहेको हेटौँडा कपडा उद्योग सञ्चालनको कुरा गर्दै विभिन्न उद्योगीको अनुगमन गरे पनि सञ्चालनमा आएको छैन ।
अनुगमनका क्रममा आएका अधिकांश उद्योगीले चलाउनु पर्ने धारण राखे पनि अहिलेसम्म सञ्चालनको पहल नभएको उद्योगका अधिकृत प्रह्लाद पोखरेलले बताए । चिनियाँ सहयोगमा स्थापित उद्योग निरन्तर घाटामा जान थालेपछि सरकारले ०५७ फागुनदेखि बन्द गरेको थियो । तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईको पहलमा पुनस्सञ्चालनको निर्णय भएको थियो ।
सरकारले रकम उपलब्ध गराएपछि औद्योगिक क्षेत्रलाई तिर्नुपर्ने रकम तिरेर मर्मतसम्भार सुरुवातसँगै ६५ कामदार कर्मचारी नियुक्त गरी उद्योगको ममर्त सम्भारपछि सञ्चालनको तयारी गरिएको थियो । उद्योग सञ्चालनका लागि तत्कालीन सरकारले दुई करोड रुपियाँ व्यवस्था गरे पनि एक करोड ६५ लाख रुपियाँ भाडा र महसुलमा खर्च भएको र बाँकी रकमबाट मर्मतको काम गरिएको अधिकृत पोखरेलले जानकारी दिए ।
त्यतिखेरको अवस्थामा कच्चा पदार्थ कपास उपलब्ध हुननसक्दा पुनस् सञ्चालनमा ढिलाइ भएको उद्योगलाई आवश्यक कपास उपलब्ध गराउन काठमाडांैका दुई फर्मले टेन्डर दर्ता गरेका थिए । मनिरा सप्लायर्स र राधा सर्जिकलले टेन्डर दर्ता गराएपछि स्वीकृत गरिएको थिएन । सरकारले बेवास्ता गर्दा मर्मत गरी दुरुस्त अवस्थामा राखिएका मेसिनमा पुनस् खिया लाग्न थालिसकेको छ भने उद्योगपरिसर जंगलमय भएको छ । उद्योगको जग्गाको करिब २१ करोड मूल्यांकन गरी बिक्रीको तयारी गरिएको थियो । १८ मंसिर ०६८ मा लिक्विडेसनमा रहेको कपडा उद्योगलाई पुनस्सञ्चालन हेतु रकम उपलब्ध गराइएको छ । अहिले उद्योगको अन्तिम लिक्विडेसन प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैँ।चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको