ग्यास र डिजेलमा एक अर्ब नोक्सानी

२७ मंसिर २०६९, बुधबार १४:५१ मा प्रकाशित

काठमाडौं, २७ मंसिर । एलपी ग्यास र डिजेलमा मात्र अहिले नेपाल आयल निगमलाई एक अर्बभन्दा बढी नोक्सानी रहेको छ । लागत मूल्यभन्दा कममा बिक्री भइरहेकाले अत्यावश्यक वस्तु ग्यास र डिजेलमा एक अर्ब एक करोड ६७ लाख रुपियाँ कुल नोक्सानी रहेको निगमले जनाएको छ ।
भारतीय आयल निगम (आइओसी) ले एक डिसेम्बरमा पठाएको मूल्यअनुसार ग्यासमा प्रतिसिलिन्डर ६ सय ५६ रुपियाँ ६२ पैसा र डिजेलमा प्रतिलिटर तीन रुपियाँ ५२ पैसा घाटा रहेकाले कुल नोक्सानी बढेको निगमको भनाइ छ । सो मूल्यसूचीअनुसार ग्यासको अहिले ७८ करोड ७९ लाख र डिजेलमा २२ करोड ८८ लाख रुपियाँ कुल घाटा छ ।
‘अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार लागत खर्चभन्दा कममा बिक्री गर्नुपर्दा कुल नोक्सानी चुलिँदै गएको छ,’ निगम प्रवक्ता मुकुन्द ढुंगेलले भने, ‘ग्यास र डिजेलको नोक्सानीले गर्दा निगमको मासिक घाटासमेत बढ्दै गएको छ ।’ उनका अनुसार परल मूल्यभन्दा सस्तोमा बिक्री गर्दा ग्यासमा सबैभन्दा बढी नोक्सानी भएको छ ।
निगमका अनुसार अहिले एलपी ग्यासको परल मूल्य प्रतिसिलिन्डर दुई हजार एक सय २६ रुपियाँ ६३ पैसा छ । तर, काठमाडौंको बिक्री मूल्य भने एक हजार चार सय ७० रुपियाँ छ ।
निगमले सरकारी राजश्व, निगमको ऋणमा ब्याज खर्च, ढुवानी भाडा, प्रशासनिक खर्च, प्राविधिक नोक्सानी, डिलर कमिसन र डिलर खर्च जोडेर ग्यासको परलमूल्य निर्धारण गर्ने गर्दछ । अहिले रक्सौलमै ग्यासको खरिद मूल्य एक हजार ६ सय २७ रुपियाँ ४१ पैसा रहेको जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटले अहिले पेट्रोलमा १६ करोड ४४ लाख, मट्टीतेलमा चार करोड ५५ लाख, आन्तरिक उडानको हवाई इन्धनमा सात करोड ३५ लाख र छुटसहित अन्तर्राष्ट्रिय उडानको हवाई इन्धनमा २० करोड ४५ लाख रुपियाँ कुल नाफा रहेको छ

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

आजको प्रमुख समाचार