सहमतिका लागि फेरी समय थप गर्न राष्ट्रपति समक्ष आग्रह

२७ मंसिर २०६९, बुधबार १४:४३ मा प्रकाशित

काठमाडौं, २७ मंसिर । राष्ट्रिय सहमतिका लागि फेरी समय थप गर्न राष्ट्रपति डा. रामगवरण यादव समक्ष समय थप गर्न आग्रह गरिएको छ । आज विहान एकीकृत माओवादीका आध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिसंग भेट गरी यस्तो माग गरेका हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र सहमतीय सरकारका बारेमा छलफल भएको थियो ।  राष्ट्रपति डा.यादवले आफूले दिएको समयसीमा भित्र प्रमुख दलहरुले सरकार बनाउन असफल रहेको भन्दै दाहालसँग चिन्ता जनाए ।
जवाफमा अध्यक्ष दाहालले आफूले सहमतिका लागि प्रयास जारी राखेको भन्दै डा.यादवसँग केही दिन समयसीमा थप गर्न आग्रह गरेका थिए । दाहालको आग्रहलाई डा.यादवले सकारात्मक रुपमा लिएको स्रोतले बतायो ।
सहमतीय सरकार बनाउन दिईएको समयसीमा भित्र दलहरुले सहमति जुटाउन नसक्दा राजनीतिक अन्यौल बढ्दै गएको छ । डा.यादवले दिएको समयसीमा पनि आज बेलुकाबाट सकिँदै छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ – नेपाली काँग्रेस आसन्न १४ औँ केन्द्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर २४ देखि २७

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति