रहेनन् सुप्रसिद्ध सितारबादक रवि शंकर

२७ मंसिर २०६९, बुधबार १४:२९ मा प्रकाशित

नयाँदिल्ली, २७ मंसिर । भारतका सुप्रसिद्ध सितारबादक रवि शङ्करको आज विहान निधन भएको छ । शंकरको निधन भएको समाचार उनको पारिवारिक स्रोतलाई उद्धृतगर्दै भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
उपचारका लागि अमेरीकाको एक अस्पतालमा रहेका शंकरको ९२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । अमेरिकाको सान डियागोस्थित एक अस्पतालमा उनको निधन भएको बताइएको छ । उनी केही समयअघिदेखि सो अस्पतालमा उपचारार्थ थिए । उनको सो अस्पतालमा शल्यक्रियाको तयारी गरिएको पनि समाचारमा उल्लेख छ । शल्यक्रियाका लागि उहाँलाई तयारीस्वरुप अस्पतालमा भर्ना गरी वरिष्ठ चिकित्सकहरुको निगरानीमा राखिएको बताइएको थियो ।
उनको निधनको जानकारी दिनका लागि उहाँको परिवारले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– चिकित्सकहरुको अथक प्रयास हुँदाहुँदै पनि उनलाई बचाउन सकिएन ।
उनी उत्तरी भारतको बनारस सहरमा सन् १९२० को अप्रिल ७ मा जन्मिएका थिए । उनी सितार बादनका लागि भारतमा मात्र नभई विश्वव्यापी रुपमा नै प्रसिद्ध थिए ।
भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री डा सिंहले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
प्रधानमन्त्री डा सिंहले स्वर्गीय शंकर भारतीय कला र संस्कृतिका लागि यस विश्वका लागि नै भारतका सद्भावना राजदूत रहेको पनि सो प्रतिक्रिया दिए ।
स्वर्गीय शङ्कर विगतका केही वर्षहरुदेखि अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका थिए । भारत, संयुक्त राज्य अमेरिकासहित विश्वका कयौं देशका करोडौं नागरिकले उहाँको सङ्गीत मन पराउँछन् ।  राससरएएफपी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार