वैज्ञानिक र ज्योतिषीहरु भन्छन्– प्रलय हुँदैन, अर्बौं वर्ष पृथ्वी रहन्छ !

२७ मंसिर २०६९, बुधबार ०८:१० मा प्रकाशित

काठमाडौं, २७ मंसिर । पृथ्वी प्रलय हुँदैछ भनी विश्वव्यापी रूपमा चलेको हल्ला गलत भएको नेपाली वैज्ञानिक र ज्योतिषीहरूले दाबी गरेका छन् । डिसेम्बर ११ देखि १४ सम्म पाँचवटा ग्रह एउटै रेखामा रहने र माया क्यालेन्डरमा डिसेम्बर २१ देखिएपछिका तिथिमिति उल्लेख नभएको कुरालाई आधार मानेर विश्वमा पृथ्वी प्रलयको हल्ला व्याप्त बनाइएको हो ।
भारतीय ज्योतिषी एवम् भविष्यवेत्ता पण्डित केदारनाथ दाधिजका अनुसार पृथ्वी विनाशको कुनै योग छैन । ‘२१ डिसेम्बरमा मंगल उच्च रहने र सूर्यभित्र शनि, धनु र तुला उच्च स्थानमा रहने भएकाले विश्व विनाश हुने कुनै सम्भावना छैन,’ ज्योतिषी दाधिजले भनेका छन् । डिसेम्बर महिनालाई विश्वले अत्यन्तै महत्व र विशेष महिनाको रूपमा लिएको छ । पण्डित दाधिजका अनुसार डिसेम्बर महिनाको २१ देखि २४ तारेखसम्म पाँच ग्रह एकसाथ एक रेखामा हुनेछन् । यो योग २१  डिसेम्बरको रातबाट २४ डिसेम्बर बिहानसम्म रहनेछ । यस समयमा सूर्य, बुध, शुक्र, राहु र चन्द्रमा एकसाथ वृश्चिक राशिमा रहनेछन् । ‘यस समयमा मंगलले शुक्र र राहुसँग शत्रुता राख्छ भने बुधसँग मित्रता । मंगल ग्रह सूर्यको साथ रहने हुनाले अन्य ग्रहको प्रभाव कम रहने र गुरुको पूर्ण दृष्टि वृश्चिकमा रहनेछ,’ दाधिजको भनाइ छ । उनले थपेका छन्, ‘शनि उच्च भएकाहरूका लागि यो समय केही कष्टकर भने हुनेछ ।’ उनका अनुसार राजनीतिको स्तरमा गिरावट आउने र सरकारप्रति विरोधको भाव रहनेछ ।
नेपाली ज्योतिषी पण्डित कुमार खनालले पनि २१ डिसेम्बरमा पृथ्वी ध्वस्त हुने कुनै सम्भावना र सङ्केत नरहेको बताए । ‘पाँचवटै ग्रह एकै रेखामा रहेकाले यस समयमा केही विनाशका घटना भने हुन सक्छन्,’ उनले थपे, ‘तर, पृथ्वी प्रलय हुने कुनै सम्भावना छैन ।’ विश्वमा प्रलय तथा विनाशका सामान्य घटना भने भइरहेको उनले बताए । खनालले भने, ‘सामान्य भूकम्प तथा आँधी–हुरी आउन सक्छ, तर यो योग लामो समय नरहने र चतुग्रह योग दुई दिनमा समाप्त हुन्छ । उनले चिसोको प्रकोपले खेतीमा केही नोक्सान हुने सम्भावना रहेको र त्यो पनि न्यून मात्र हुनेछ ।
नेपाली वैज्ञानिक एवम् रोनास्टका पूर्वउपकुलपति डा. दयानन्द बज्राचार्यले पनि २१ डिसेम्बरमा पृथ्वीमा कुनै पनि विपत्तिका घटना नहुने स्पष्ट पारे । पृथ्वी विनाश हुने हल्लामध्ये अमेरिकाबाट आएको जानकारी गराउँदै बज्राचार्यले थपे, ‘माया सभ्यताको क्यालेन्डर डिसेम्बर २१ मा अन्त्य भएको र त्यसपछिको कुनै तिथि उल्लेख नभएकाले त्यसैलाई आधार मानेर पृथ्वी प्रलय हुने हल्ला चलेको हो ।’ माया सभ्यता करिब दुई सय ५० देखि नौ सय इसापूर्वसम्म उत्तरी र मध्यअमेरिका, पूर्वीमेक्सिको, पश्चिम होन्डुरस र एलसाल्भाडोरमा विकसित भएको हो । यसलाई मेसो–अमेरिकन सभ्यतासमेत भनिन्छ ।
क्यालेन्डरमा अन्तिम दिनका रूपमा डिसेम्बर २१ लाई उल्लेख गरिएकोले पनि हल्ला गर्नेहरूलाई सजिलो भएको उनको भनाइ थियो । उनले थपे अहिले इन्टरनेटको युग भएकोले विश्वव्यापी रूपमा विनाशको हल्ला पैmलिएको हो । पृथ्वी विनाशको हल्ला बेलाबेलामा चल्ने गरेको र ती सबै गलत सावित हुँदै गएको उनको भनँइ थियो । उनले भने, ‘यो पनि हल्ला मात्र हो, कुनै अप्रिय घटना हुने सम्भावन छैन ।’
यसैगरी डिसेम्बर २१ मा संसार ध्वस्त हुने भविष्यवाण्ँी सही नभएको नासाले पनि स्पष्ट पारेको छ । नासाले आफ्नो वेबसाइटमा भविष्यवाण्ँी सत्य नभएको विज्ञप्ति नै प्रकाशित गरेको उनले जानकारी दिए । विज्ञप्तिलाई आधार मान्दै भने, ‘सन् २०१२ मा संसार ध्वस्त हुने सही होइन, ग्रहहरूलाई आधार मान्ने हो भने अझै अर्बौं वर्षसम्म संसारको अन्त्य हुने छैन ।’ माया क्यालेन्डरको भनाइ उद्धृत गर्दै नासाका ग्रहसम्बन्धी वैज्ञानिक डा. डान यौम्यान्सले माया क्यालेन्डरका अनुसार एउटा चक्र सकिएर अर्को चक्र थालनी हुने मिति मात्र हो, त्यसबाहेक अरू केही होइन त्यो ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय भौतिकशास्त्र विभागका प्राध्यापक डा. उदयराज खनालले पनि पृथ्वी ध्वस्त हुने कुरा हल्ला मात्र भएको बताए । उनले भनेका छन्, ‘माया सभ्यताको क्यालेन्डरमा तीन सय ९४ दिनको एक चक्र हुन्छ, अहिले एउटा चक्र मात्र सकिने हो, क्यालेन्डर नै सकिने होइन ।’ १६औँ शताब्दीका यी भविष्यबेत्ताले काव्यात्मक रूपमा भविष्यका घटनाको वर्णन गरेका छन्, जसलाई संसारका विभिन्न उल्लेखनीय घटनासँग जोडेर धेरैले आ–आफ्नो स्वार्थअनुकूल व्याख्या गर्दै आएका छन् ।
अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्डले संसारको अन्त्य अवश्यंभावी रहेको भन्दै यस्तो प्रलयको दिन नजिकिइरहेको एक प्यारोडी भिडियोमा बताएपछि हल्ला झन् विश्वव्यापी भयो । गिलारीले दिएको भिडियो सन्देशमा जनतालाई सम्बोधन गर्दै माया पात्रोको भविष्यवाण्ँी सही रहेको र संसार ध्वस्त हुने पक्का रहेको दाबी गरेका थिए । तर, संसार कुन हिसाबले ध्वस्त हुन्छ भन्ने कुरा थाहा नभएको उनको कथन थियो । संसार ध्वस्तको हल्ला चलेपछि मायावी विश्वको केन्द्र मानिने ग्वाटेमालामा विदेशी तथा स्वदेशी पर्यटकको घुइँचो लागेको समाचारमा जनाइएको छ । ग्वाटेमालामा डिसेम्बर २० र २१ मा विश्व मानवताको नयाँ बिहानी शीर्षकको विश्व सम्मेलन पनि गरिने बताइएको छ ।

क–कसले गरे ध्वस्तको हल्ला
सन् २०११ को मे २१ मा अमेरिकन त्रिशूलबाबाको रूपमा चिनिले हारोल्ड क्याम्पिङल अमेरिकाको क्यालिफोर्नियामा रहेको एउटा रेडियो स्टेसन फेमिली रेडियोका अध्यक्ष एवम् सोही रेडियोको कार्यक्रममा अक्टोबर २१ मा पृथ्वी ध्वस्त हुने भविष्यवाण्ँी गरेका थिए । त्यस्तै सन् १९९२ मा क्याम्पिङले सन् १९९४ को सेप्टेम्बेर ४ मा पृथ्वी ध्वस्त हुने घोषणा गरेका थिए । त्यतिबेला उनको भविष्यवाण्ँी गलत भएपछि गण्ँितीय हिसाबकिताब गर्दा भूल भएको भन्दै भविष्यवाण्ँी नै सच्याएका थिए । गड चर्चका मिनिस्टर रोनाल्ड वेनल्यान्डले सन् २००८ को सेप्टेम्बर १० मा पृथ्वी ब्लाक होलमा पसेर ध्वस्त हुने भविष्यवाणी गरेका थिए । त्यस्तै सन् २००६ को जुन ६ मा पनि पृथ्वी ध्वस्त हुने भविष्यवाणी गरिएको थियो । त्यसअघि सन् १९९९ को जुलाईमा र सन् १९९७ को मार्च २६ मा पनि पृथ्वी ध्वस्त हुने बताइएको थियो । यस्ता भविष्यवाण्ँी सन् १८४३ को मार्च २१ र १८४४ को मार्च २१ मा पनि गरिएको थियो । केही वर्षअघि नेपालमा त्रिशूलबाबाले नेपाल ध्वस्त हुने हल्ला चलाएका थिए । तर, त्यो पनि गलत सावित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

चितवन।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय