नेपाल रेल्बेको आर्थिक गतिबिधि अख्तियारले छानबीन गर्ने

१२ चैत्र २०६८, आईतवार ०९:१६ मा प्रकाशित

जनकपुर, १२ चैत । नेपाल रेल्बेको आर्थिक गतिबिधिलाई अख्तियारले छानबीन गर्ने भएको छ । नेपाल रेल्बेको आर्थिक गतिविधि पारदर्शी र सन्तोषजनक नरहेको भन्दै अख्तियारमा ऊजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रेल्बेको वार्षिक प्रगति र आर्थिक गतिबिधिमा छानबीन गर्न लागेको हो । यस अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै रेल्बेमा कर्मचारीको नियुक्ती, महाप्रबन्धकले रकम हिनामिना गरेकोलगायतका विषयमासमेत ऊजुरी परिसकेको भएपनि यस पटक रेल्बेका कर्मचारीले नै बजेट अनियमित रुपमा खर्च गरेको भन्दै रेल्बेका लेखा अधिकृतमाथि छानबीनका लागि ऊजुरी परेको हो । अख्तियारमा गत् चैत ५ गते नेपाल रेल्बेका लेखा प्रमुख रामेश्वर यादवलाई बिपक्षी बनाई ऊजुरी परेको श्रोतको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर