पूर्णाकोट डाँडा नै वास्तविक पाल्पा रहेको दाबी, मणिमुकुन्द सेनको दरवार र किल्ला संरक्षण नभएको गुनासो

२६ मंसिर २०६९, मंगलवार २३:४० मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २७ मंसिर । मणिमुकुन्द सेनको दरवार र किल्ला रहेको पाल्पा भैरवस्थान गाविस वडा नं. ५ स्थित पूर्णाकोट क्षेत्रको विकासका लागि कसैको ध्यान नपुगेको भन्दै त्यसको विकासका लागि सो क्षेत्रका बासिन्दा लागिपरेका छन् । सो क्षेत्रका वासिन्दा र त्यहाँबाट अन्यत्र बसोवास गर्नेहरुको सक्रियतामा पूर्णाकोट संरक्षण, संवद्र्धन तथा विकास समिति गठन गरि त्यसको एतिहासिक पक्षको संरक्षण गर्दै प्रचारप्रसार तथा सोे क्षेत्रको समग्र विकासको काम थाल्ने जनाइएको छ ।

सनवंशीय राजा मणिमुकुन्द सेनले राजधानी बनाएर आफ्नो राजकाज सुरु गरेको ऐतिहासिक पूर्णाकोट क्षेत्र अहिले ओझेलमा परेको छ । समुद्र सहतबाट करिव १४ सय फिट माथि रहेको पूर्णाकोट डाँडा नै बास्तविक पाल्पा भएको इतिहासविदहरुको दावी छ । सेनकालमा प्रशासनिक इकाइको रुपमा कोटको उच्च स्थानमा राख्ने परम्परा अनुसार पाल्पा भैरव मन्दिरसंगैको डाडा पूर्णाकोटमा सेनकालिन दरवारको भग्नावेषको रुपमा पुरानो इट, झिँगट, कुदिएका ढुङ्गा यत्रतत्र छरिएको पाइन्छ । एतिहासिक स्थलको रुपमा रहेको सो क्षेत्रको विकासका लागि थालिएको कार्यका बारेमा जानकारी दिन सोही क्षेत्रमा एक पत्रकार सम्मेलनको आयोजना गरि पूर्णाकोटलाई ऐतिहासिक पर्यटकिय स्थलका रुपमा अगाडी बढाउने प्रतिबद्धता जनाइएको छ । सो अवसरमा बोल्दै लेखक तथा इतिहासविद निर्मल श्रेष्ठले सेनले शासन गरेको क्षेत्र सबै जातजातीहरुको संगमको स्थलका रुपमा रहेको पाइएको उल्लेख गर्दै पूर्णाकोट नै पाल्पा भएको दावी गर्नुभयो । उहाँले इतिहासलाई संरक्षण र संवद्र्धन गर्न सकियो भने हाम्रो अतितको उजागर हुनुका साथै नयाँ पुस्तालाई उनीहरुको पोल्टामा सम्पतिको रुपमा हस्तान्तरण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
समितिका अध्यक्ष गंगा गौतमको अध्यक्षता, सचिव कृष्ण नेपालको सञ्चालनमा भएको कार्यक्रममा नेपाल होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष माधव नेपाल, पत्रकारहरु भगवान भण्डारी, यानेन्द्र जीसी, माधव नेपाल, जगत पोखरेल, दुर्गा खनाल, राजेन्द्र नेपाल लगायत बोल्नुभएको थियो । सो क्षेत्रको विकासका लागि अल्पकालिन र दीर्घकालिन योजना समितिले अगाडी सारेको छ । पूर्णाकोटको डाडालाई एउटा दर्शनीय स्थलको रुपमा विकास गर्दै लैजाने र त्यसका लागि गुरु योजना तयार गर्ने, खानेपानी तथा विद्युत पुराउन पहल गर्ने अध्यक्ष गौतमले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार