सेना समायोजन सचिवालयको बैठक आज पनि

१२ चैत्र २०६८, आईतवार ०९:१४ मा प्रकाशित

काठमाडौ, १२ चैत । माओवादी लडाकु रेखदेख, समायोजन तथा पुनस्थापना विशेष समिति मातहतको सचिवालयले आज पनि लडाकु समायोजनको खाकाको बारेमा छलफल गर्दैछ । ललितपुरको गोदावरीमा जारी सचिवालयको बैठकमा आज पनि समायोजन रोजेका लडाकुहरुलाई स्वेच्छिक अवकास तथा उनीहरुलाई दिइने प्याकेज सहयोगको बारेमा छलफल हुने सचिवालय संयोजक बालानन्द शर्माले बताउनुभयो । गएको विहिवार विशेष समिति संयोजक समेत रहनु भएका प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाली सेनाका अधिकारी, सचिवालय संयोजक, माओवादी लडाकुका प्रतिनिधिलाई ५ दिनभित्रमा ७ बुँदे सहमति अनुसार लडाकु समायोजनको खाका तयार गर्न आग्रह गर्नु भएको थियो । भोलि साँझसम्ममा समायोजनको खाका विशेष समितिमा बुझाउने गरी बैठकमा छलफल भइरहेको सचिवालयका सदस्य गोपालसिंह बोहराले जानकारी दिनुभयो । ७ बुँदे सहमतिमा माओवादीका ६ हजार ५ सय लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने उल्लेख गरिएको भए पनि पुनवर्गीकरणको क्रममा माओवादीका ९ हजार बढि लडाकुले समायोजन रोजेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपतिसँग पहिलो पटक