कृत्रिम खुट्टा भएका ब्याक्तिहरुको अनुगमन शिबिर शुरु

२६ मंसिर २०६९, मंगलवार २३:३७ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, २७ मंसिर । कृत्रिम खुट्टा भएका ब्याक्तिहरुको अनुगमन शिबिर मंगलबारदेखि बुटवलमा शुरु भएको छ । नया जीवनका लागि हातेमालोको आयोजना हरियो खर्क अस्पताल तथा आर्मि पुर्नस्थापना केन्द्रको सहयोगमा शुरु भएको शिबिरको आज एक समारोहका बिच बुटवल नगरपालिकाका बरिष्ठ अधिकृतले शुभारम्भ गर्नुभयो ।
र्कायक्रममा रुपन्देही, पाल्पा, दाङ, नवलपरासी लगायतका जिल्लाबाट अपाङ्गता भएका ब्याक्तिहरुको सहभागिता रहेको छ । उनीहरुको समस्या समाधानका लागि शिबिरमा उपचार तथा कृत्रिम खुट्टा जडान गरिने बताईएको छ । कार्यक्रममा हरियो खर्क अस्पतालका प्रकाश निरौला, आर्मि पुर्नस्थापना केन्द्रका पुष्पराज बज्रार्चाय, नेपाल परिपार नियोजन संघका दिनेश जोशी, साबित्रा अर्याल, बालकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं।बंगालको खाडीको मध्यपश्चिम भूभागमा ‘जवाद’ नामक सामुन्द्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज शनिबार बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुग्ने

काठमाडौं । भारत सरकारले नेपाललाई करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । दुई देशका

काठमाडौं ।विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का दक्षिण पूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै

आजको प्रमुख समाचार