खेलाडिको बिदाई

२६ मंसिर २०६९, मंगलवार २३:२९ मा प्रकाशित

रुपन्देही, २७ मंसिर । नेपाल कराते महासंघमा आवद्ध जापान गोजुरियो कराते डो केनवाकाई नेपाल संघको प्रतिनिधित्व गर्दै ९ सदस्यीय कराते खेलाडीहरुको टोली भारतको जालन्धरमा आयोजना हुन लागेको छैठौ खुल्ला एसिया गोजुरियो कराते च्याम्पियनसिप–२०१२ मा भाग लिन मंगलवार बुटवलबाट त्यसतर्फ लागेको छ । भारत जान लागेको सो टोलीलाई एक कार्यक्रमकाबीच विदाई गरिएको थियो । काठमाडौबाट बुटवल आइपुगेको टोलीलाई जापान गोजुरियो कराते डो केनवाकाई नेपाल संघ, रुपन्देहीले विदाई गरेको थियो ।
सो अवसरमा टिमका प्रमुख तथा गोजुरियो करातेका राष्ट्रिय प्रशिक्षक विष्णुसिंह खड्काले खेलको माध्यमबाट राष्ट्रलाई विदेशी भूमीमा परिचित गराउने यस अवसरलाई सहि रुपमा सदुपयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफ्ना खेलाडीहरुले प्रतियोगिताबाटल पदक हात पार्ने दावी समेत गर्नुभयो । मंसिर २८ गतेबाट सुरु हुने प्रतियोगितामा नेपालसहित भारत, सिंगापुर, श्रीलंका, मलेसिया, वंगलादेश, इरान, उज्वेगस्तानका करिव १ हजार खेलाडीहरुको सहभागिता रहने जनाइएको छ । नेपालबाट प्रशिक्षक खड्कासहित सुमन तिमिल्सीना, संग्राम न्यौपाने, हिरा पुन, सोनु थापा, नवराज गुरुङ, विशाल तामाङ, शंकर भण्डारी र सन्दीप थापा सहभागि हुँदैछन् । जसमा सन्दीप थापा रुपन्देहीका कराते खेलाडी हुन् । नेपालले १६ बर्ष मुनीको उमेर समुह अन्तरगत काता र कुमते तथा सिनियरमा टिम कातामा प्रतिष्पर्धा गर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । रिक्त रहेको मुख्य प्रशिक्षक पदका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आवेदन दिएकामध्ये अन्तिम पाँच जनाको अन्तर्वार्ता लिएको छ

काठमाडौं।सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणका खेल भोलि (शुक्रबार) बाट सुरु हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को

काठमाडौं । चौथो साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता पुसमा आयोजना हुने भएको छ । नेपाल हक्की संघको आयोजनामा

काठमाडौं । फ्रेन्च लिग वानको खेलमा शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । स्टार खेलाडी नेयमार

आजको प्रमुख समाचार