उच्च माध्यमिक विद्यालयहरुले नाम नफेर्ने

२६ मंसिर २०६९, मंगलवार २३:२८ मा प्रकाशित

रुपन्देही २७ मंसिर । सरकारकै अनुमतिमा अंग्रेजी नाम राखिएको भन्दै निजी कलेज तथा उच्च माध्यमिक विद्यालयहरुले नाम नफेर्ने अडान राखेका छन् । दसकौंदेखिको नाम बजारमा ब्रान्ड बनिसकेकाले केहीले विरोध गरेकै भरमा
स्कूल तथा कलेजको नाम परिवर्तन गर्न नमिल्ने उच्च माध्यामिक विद्यालय संघ (हिसान)ले जनाएको छ । शिक्षाको गुणस्तरतिर ध्यान नदिई सरकार र सरोकारवाला निकायहरु नामको पछाडि मात्र लाग्नु बेतुकको विषय भएको आरोप हिसानले लगाएको छ । शिक्षा विभाग, उच्च माध्यमिक शिक्षा परिषद् र त्रिभुवन विश्वविद्यालयले भने मंसिर मसान्तसम्म अंग्रेजी नाम नफेर्ने स्कूल–कलेजलाई कारबाहीको भइरहेको जनाएको छ । निजी कलेज सञ्चालकहरुलाई मंसिरभित्र अंग्रेजी तथा विदेशी नाम परिवर्तन गरी नेपाली राख्न निर्देशन दिइसकेकाले त्यसपछि कडा कारबाहीमा उत्रने शिक्षा विभागका निर्देशक टेकनारायण पाण्डेले बताउनु भयो ।
शिक्षा नियमावलीमै स्वदेशी शैक्षिक संस्थाले नेपाली परिवेश सुहाउँदो कला, संस्वृmति, धार्मिकस्थल आदिको नामबाट मात्र नामाकरण्ँ गर्न पाउने व्यवस्था गरेको छ । विदेशी नाम भएका कलेजमा अध्ययनरत विद्यार्थीमा थाहै नपाई नकारात्मक प्रभाव परिरहेको र त्यसले नेपाली मौलिकता गुम्ने त्रास रहेको भन्दै विद्यार्थी संगठनहरुले नाम फेर्न आग्रह गर्दै आएका छन् । उच्च माध्यमिक शिक्षा परिषद्का अनुसार मुुलुकभर एक सय ५८ वटा अंग्रेजी नाम भएका प्लस टु रहेका छन् । त्यसमध्ये पाँच वटाले मात्र नाम परिवर्तनको निवेदन दिएको जनाइएको छ ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई सौराहामा खान र बस्नको व्यवस्था गरिएको छ

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने