१ लाख १० हजार रुपैयां बराबरको मालसामान बरामद

२६ मंसिर २०६९, मंगलवार २३:२५ मा प्रकाशित

रुपन्देही, २७ मंसिर । भन्सार छली नेपालबाट भारततर्फ निकासी र भारतबाट नेपालमा पैठारी गर्न लागेको झण्डै १ लाख १० हजार रुपैयां बराबरको मालसामान इलाका प्रहरी कार्यालय कृष्णनगरले पक्राउ गरी भन्सार चलान गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरका निमित्त प्रमुख रुद्रबहादुर क्षेत्रीको कमाण्डमा खटिएको टोलीले चेकजांचका क्रममा सो मूल्य बराबरको मालसामान बरामद गरी भन्सार चलान गरेको हो । विशेष चेकजांचका क्रममा प्रहरीले नेपालबाट ज्याकेट, सुपारी भारततर्फ लैजांदै गरेको र भारतबाट सुर्ती, चिनी, तेल, कुर्ता, सुरुवाल लगायतका सामान नेपाल भित्र्याउंदै गर्दा पक्राउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

काठमाडौँ । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा (तीन महिनाभित्रमा) नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनि समेटिने भएको

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार