अन्तर्राष्ट्रिय संस्थाको सहअध्यक्षमा एमाले नेता नेपाल

२६ मंसिर २०६९, मंगलवार २०:३४ मा प्रकाशित

काठमाडौ, २६ मंसिर । अन्तराष्ट्रिय वातावरण संरक्षण सहकार्य संगठनको सह ध्यक्षमा एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निविरोध निर्वाचित भएका छन् ।
संगठनको इन्डोनेसिया बालीमा हिजो बसेको अध्यक्ष मण्डलको बैठकले नेपाललाई सहअध्यक्षमा निर्वाचित गरेको हो । नेता नेपालले बालीमा रहेको नुसा दुआ कन्भेन्सन सेन्टरमा भएको दोस्रो अन्तर्राष्ट्रिय विश्व वातावरण संरक्षण पर्यावरणीय सम्मेलनलाई आज सम्बोधन गरेका छन् ।
विश्वका ४० भन्दा बढि मुलुकका ४ सय ५० भन्दा बढि प्रतिनिधि सहभागी भएको उक्त सम्मेलनमा विभिन्न राष्ट्रका सरकारी, गैरसरकारी, राजनीतिकज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता, संयुक्त राष्ट्रसंघ लगायतका क्षेत्र तथा संस्थाहरुको प्रतिनिधित्व रहेको नेता नेपालको निजी वेबसाइटले जनाएको छ । उनी भोली नेपाल फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार विभिन्न जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । काठमाडौं, ललितपुर, भक्तपुरलगायतका अधिकांश जिल्लामा आज अधिवेशन हुन लागेको

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ३१ बर्षे राजनीतिक इतिहासमा पहिलो पटक अध्यक्षसहित पदाधिकारीहरु पनि महाधिवेशनको निर्वाचन प्रक्रियाबाट चुन्ने

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

आजको प्रमुख समाचार