राज्यव्यवस्था समितिद्वारा प्रधानमन्त्री भट्टराईसँग छलफल

१२ चैत्र २०६८, आईतवार ०९:१३ मा प्रकाशित

व्यवस्थापिका संसदको राज्यव्यवस्था समितिले कर्मचारी सरुवा विवाद तथा समसामयिक अवस्थाको बारेमा प्रधानमन्त्री डा बाबुराम भट्टराईसँग छलफल गर्दैछ । समितिको कार्यालय सिंहदरवारमा जारी बैठकमा श्रममन्त्री सरिता गिरीको बर्खास्तको बारेमा समेत छलफल भइरहेको बुझिएको छ । माओवादीको नेतृत्वमा रहेका मन्त्रालयहरुमा उत्पन्न विवाद, जथाभावी कर्मचारी सरुवा बढुवा र निजामति कर्मचारी सङ्घ, सङ्गठनको विरोधको बारेमा जानकारी लिन राज्यव्यवस्था समितिले प्रधानमन्त्रीलाई बोलाएको समिति सभापति रामनाथ ढकालले जानकारी दिनुभयो । सभापति ढकालका अनुसार संवैधानिक नियुक्ति, राष्ट्रिय सुरक्षा नीति, सेनाको लोकतान्त्रिकिकरण, लगायतका बिषयमा पनि प्रधानमन्त्री भट्टराईसँग छलफल भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।