सहमतिका लागि हदै सम्म लचक हुने एमाओवादीको निर्णय

२६ मंसिर २०६९, मंगलवार २०:१५ मा प्रकाशित

काठमाडौं, २६ काठमाडौं । एकीकृत माओवादीले दलिय सहमतिको लागि हदैसम्म लचक हुने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा आज बसेको पदाधिकारी बैठकले यसतो निर्णय गरेको हो ।
बैठकले बैशाखमा निर्वाचन गर्नुपर्ने निश्कर्ष समेत निकालेको छ । राष्ट्रपतिले सहमतीय सरकारको लागि दिएको तेस्रो पटकको ६ दिने म्याद सकिन दुई दिन बाँकी हुँदा एमाओवादीले यस्तो निर्णय गरेको हो । अघिल्लो हप्ता कांग्रेस सभापति शुशिल कोइरालालाई प्रधानमन्त्री बनाउन अस्वीकार गरेपछि एमाओवादी सँग कांग्रेस र एमाले रुष्ट छन् । यी दुई पार्टीले एमाओवादी ले धोका दिएको आरोप लगाइरहेका छन् ।
कोइरालालाई प्रधानमन्त्रीमा अस्वीकार गरेपछि पछिल्लो चुनावको सबैभन्दा ठूलो दल एमाओवादी ले वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा रुपान्तरण गर्ने वा कोइराला बाहेकका व्यक्तिलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने विकल्प सार्जजनिक गर्दै आएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीकाे हत्या गरेकाे मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएकाे छ ।

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा सात जनाको मृत्यु भएको छ भने ३८ जना बिरामी भएका छन् । मृत्यु हुनेमा

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

आजको प्रमुख समाचार