बाबुरामको स्थान अर्कैले लिने गच्छदारको घोषणा

२६ मंसिर २०६९, मंगलवार १८:०७ मा प्रकाशित

काठमाडौ, २६ मंसिर । उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले बाबुराम भट्टराईको स्थानमा नयाँ व्यक्ति प्रधानमन्त्री हुने खुलासा गरेका छन् । राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पार्दै उनले भने– हामी नेतृत्वको विषयमा खुल्ला छौँ, म प्रधानमन्त्रीको दौडमा छैन, अरुलाई नै अहिले प्रधानमन्त्री बनाउने हो । वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पनि कुरा नगर्नुस्, नयाँ मान्छे प्रधानमन्त्री बनाउँछौ ।’ गच्छदारले कसैलाई निषेध गरेर अहिले सहमति बन्न नसक्ने स्पष्ट पार्दै उनले केही दिनभित्रै दलहरुवीच सहमति बन्ने विश्वास ब्यक्त गरे ।
उनले मुलुकको बृहत्तर स्वार्थको लागी पहिलादेखि नै भूमिका खेल्दै आएको उल्लेख गर्दै अहिले आफू दलहरुवीच सहमतिको बातावरण निर्माणमा लागेको  बताए । अहिलेको सरकारमा जस्तो मन्त्रालय नपाएर नयाँ सरकार गठन गर्न नचाहेको भनि सञ्चारकर्मीले राखेको जिज्ञासामा गच्छदारले भने–विजयकुमार गच्छदार यो सरकारको प्रमुख अंशियार हो । कसैले बकस दिएर उपप्रधानमन्त्री पाएको होइन । माधवकुमार नेपालको पालामा पनि म उपप्रधानमन्त्री भएको थिएँ  ।
उनले बुधवारसम्ममा दलहरुवीच सहमति नबने मन्त्रीपरिषद विस्तार गर्ने सत्तारुढ गठबन्धनको निर्णयले अहिले मुलुकमा राष्ट्रपति प्रधानमन्त्री र दलहरुवीच द्धन्द्ध बढाउने भन्दै सहमति बनाउनु पर्ने बेला द्धन्द्ध बढाउनतर्फ लाग्न नहुने तर्क गरे ।
बाहिर आएजस्तो संविधानका सबै अन्तर्बस्तुमा सहमति हुन नसक्ने भन्दै संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संघीयतासहितको संविधान संविधानसभाबाटै बन्ने, पहिचानसहितको संघीयता हुने र स्वायत्त प्रदेशहरु हुने गरी जेठ १४ अघि सम्म दलहरुवीच भएको न्यूनतम सहमतिलाई लिपिबद्ध गरेर अघि बढे सहज हुन्छ भन्ने आफूहरुको धारणा रहेको गच्छदारले सुनाए । उनले भने– कति प्रदेश बन्ने हो अहिले नै सहमति बन्न सक्दैन । संविधानसभाको सार्वभौम सत्ता समाप्त पार्ने गरी सहमति गरौ भनेर हामीले भनेको होईन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । ललितपुर

तेह्रथुम । माओवादी केन्द्रले तेह्रथुमको ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । गत ४ मंसिरबाट सुरु गरेको केन्द्रले

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

तेह्रथुम।नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनाेट भएका छ्न । जिल्ला अधिवेशनबाट निर्वाचित भएका

आजको प्रमुख समाचार