मेलामा चौथौ दिनको अवधिमा साढे चार करोड बढिको कारोबार

२६ मंसिर २०६९, मंगलवार १७:३८ मा प्रकाशित

रुपन्देही २६ मंसिर । भैरहवामा जारी लुम्बिनी पर्यटन महोत्वस , कृषि तथा राष्ट्र्रिय औधोगीक ब्यापार मेलामा चौथौ दिनको अवधीमा साढे चार करोड बढीको कारोबार भएको छ ।
चार दिनको अवधीमा ९० हजार बढी दर्शककले मेलाको अवलोकन गरेको सिदार्थनगर उधोग बाणीज्य संघका अध्यक्ष तथा मेला संयोजक बिष्णु प्रसाद शर्माले बताए । सिद्धार्थनगर उद्योग बाणिज्य सघको आयोजनामा जारी मेलामा अष्ट्र्रिज र हेलीकोप्टर दर्शकका लागी थप मुख्य आक्रशक बनेका छन्र । सोम बार पनि हेलीका्ेप्टर चड्रनेको लहर जारी नै रह्रयो । त्यसैगरी मेला स्थलमा रहेका बिभिन्न कृषी , होजीयारी , बैक तथा बित्तिय संस्थाहरुमा दर्शकहरुको भिड नै लागेको छ ।
बिगतमा मेलामा भन्दा यस पटक मेला स्थल केही फरक पाएको आयोजकले दाबी गरेको छ ।मेला स्थल बाटै हेलीकोप्टरको यात्रा गर्न पाईने अवसर  र सबै भन्दा ठुलो चरा अष्ट्र्रिज पनि देख्न पाएपछि दर्शकहरु खुसी रहेको मेला सचिवालयले जनाएको छ । लुम्बिनीको प्रबेशद्धार सिद्घार्थनगरमा  सिद्धार्थनगर लुम्बिनीको प्रवेशद्वार पर्यटन, कृषि, उद्योग र व्यापार हाम्रो आधार।।।भन्ने नाराका साथ मेला सुरु भएको मेलामा दुई सय पचहत्तर स्टलहरु रहेका छन्र ।
स्थानिय पर्यटन स्थलको प्रवद्र्धन, स्वदेशी उद्योगहरुको उत्पादन तथा सेवाहरुको प्रवद्र्धन तथा प्रचार प्रसार, औद्योगिक प्रतिष्ठान र उपभोक्ता बिच प्रत्यक्ष सम्पर्क गराउने अवसर प्रदान गर्ने, स्थानिय स्तरको हस्तकला, घरेलु तथा कृषिजन्य  उत्पादनहरुको प्रर्दशनी, नबिन प्रबिधिको प्रर्दशनी, शैक्षिक जानकारी जस्ता महत्वपुर्ण उद्देश्य लिई  महोत्सव तथा मेलाको आयोजना गरिएको हो ।

चन्द्रकान्त  खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैँ।चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको