आयोगको प्रतिवेदनमाथि छलफल गर्न संविधानसभा बैठक आज

१२ चैत्र २०६८, आईतवार ०९:१३ मा प्रकाशित

काठमाडौ, १२ चैत । राज्यपुनर्संरचना सुझाव आयोगको प्रतिवेदनको बारेमा छलफल गर्न संविधानसभाको बैठक आज बस्दै छ । संविधानसभा भवन नयाँवानेश्वरमा दिउँसो ३ बजेपछि सुरु हुने बैठकमा आज संविधानसभाध्यक्ष सुवास नेम्वाङ्ले राज्यपुनर्संरचना सुझाव आयोगको प्रतिवेदन टेवल गर्ने कार्यक्रम छ । सुझाव आयोगको प्रतिवेदनको बारेमा भने भोलिदेखि मात्र छलफल सुरु हुने संसद सचिवालय स्रोतले जनाएको छ । यसअघि संविधानसभाध्यक्ष नेम्वाङले अस्ति संविधानसभाको राज्यपुनर्संरचना समितिका सदस्यहरुसँग छलफल गर्नु भएको थियो । सुझाव आयोगले प्रतिवेदन बुझाएको झण्डै दुई महिनापछि संविधानसभामा छलफल हुन लागेको हो । संविधानसभा नियमावलीमा सहमति जुटन नसक्दा आयोगको प्रतिवेदनमाथी छलफलमा ढिला भएको हो । आयोगको प्रतिवेदन प्रधानमन्त्री वाबुराम भट्टराईले माघ १९ गते संविधानसभाध्यक्षलाई हस्तान्तरण गर्नुभएको थियो । राज्यपुनर्संरचना सुझाव आयोगले अल्पमत र बहुमतका दुई छुट्टाछुट्टै प्रतिवेदन माघ १६ मा प्रधानमन्त्रीलाई बुझाएको थियो । आयोग संयोजक मदन परियारसहितका बहुमत सदस्यले ११ र डा रमेश ढुङ्गेलसहितका तीन सदस्यले ६ प्रदेशको खाका सहित प्रतिवेदन बुझाएका थिए ।
यसैबीच संविधानसभा कार्यव्यबस्था परामर्श समितिको बैठकपनि आज दिउँसो बस्दैछ । संविधानसभा भवनमा दिउसो एक बजे बस्ने बैठकले संवैधानिक समितिलाई सहमतिका लागि थप समय लपलव्ध गराउने निर्णय गर्ने एमाले सभासद उषाकला राईले जानकारी दिनुभयो । संवैधानिक समितिको अस्ति बसेको बैठकले राजनीतिक सहमतिका लागि ५ दिनको समय माग्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । गत शुक्रबारबाट सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ ।

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको आरोप