११ कक्षाको रिजल्ट आयो, ४०.३८ प्रतिशत उतिर्ण

२६ मंसिर २०६९, मंगलवार १६:२४ मा प्रकाशित

काठमाडौ, २६ मंसिर । उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ को परिक्षा फल प्रकाशित भएको छ । गत वैशाख जेठ महिनामा संचालित कक्षा ११ को परीक्षाफल आज प्रकाशित गरेको हो ।
भक्तपुरको सानोठिमी स्थित परिषद कार्यालयका बसेको परीक्षा समितिको बैठकले कक्षा ११ को विज्ञान, मानविकी, व्यवस्थापन र शिक्षा शास्त्र संकायको परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो । परिषदका उपाध्यक्ष हेमकुमार मिश्रका अनुसार नियमित तर्फ कुल २ लाख ८३ हजार ३ सय ५९ परीक्षार्थी मध्ये १ लाख १४ हजार १९ परीक्षार्थी उत्तिर्ण भएका छन् । यो कुल परीक्षार्थीको ४० दशमलव ३८ प्रतिशत हो ।
गत वर्ष भन्दा यो वर्ष ० दशमलव ६२ प्रतिशत बढी विद्यार्थी उत्तिर्ण भएका छन् । गत वर्ष ३९ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका थिए । उपाध्यक्ष मिश्रले परीक्षामा अनियमित गरेका २ सय ८९ परीक्षार्थीको परीक्षाफल रद्द गरिएको र १४ जनाको स्थगित भएको बताउनुभयो । यस्तै, आंशिक तर्फ कुल १ लाख ५८ हजार ६ सय ८९ परीक्षार्थी मध्ये ५१ हजार ५ सय २५ परीक्षार्थी उत्तिर्ण भएका छन् । नियमिततर्फ कुनै एक विषयमा असफल हुने विद्यार्थीको मौका परीक्षा पुस २८ गते हुनेछ

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले नेपाल प्रहरीमा ३ वटा दर्जा (पद) थपेको छ । प्रहरी कर्मचारीको मनोवल बढाउनका लागि भन्दै सहायक तहमा

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको थप ७ लाख २५ हजार डोज खोप ल्याइएको छ । कोभ्याक्स संयन्त्रमार्फत नेपालले प्राप्त गर्ने ६०

काठमाडौं ।सानै उमेरमा कांग्रेस महाधिवेशन प्रतिनिधि बन्ने सूचीमा १९ वर्षीया करिना पुरी पनि थपिएकी छन् । करिना पुरी महाधिवेशन प्रतिनिधिका

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको निर्वाचन सम्बन्धी परराष्ट्र मत्रालयले गरेको सबै निर्णय र पत्राचारहरु कार्यान्वयन नगर्न अदालतले आदेश दिएको