कुवँरको धरौटी तिर्ने प्रचण्ड, फुलमाला लगाउने वैद्य

२६ मंसिर २०६९, मंगलवार १४:४३ मा प्रकाशित

काठमाडौं, २६ मंसिर । सार्वजनिक कार्यक्रममा आफूलाई गालामा झापड हान्ने बाग्लुङका पदम कुँवरलाई अदालतले तोकेको २८ हजार धरौटी रकम एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले तिरिदिएका छन् । प्रचण्डले धरैटि रकम तिरिदिएपछि कुँवर आज मुक्त भएका छन् । प्रहरी हिरासतबाट मुक्त भएका कुँवारर्लाइ वैद्य निकट माओवादीले फुलमाला लगाएर स्वागत गरेका छन् ।
यसअघि सोमबार प्रशासनले २८ हजार धरौटी लिएर तारेखमा छाड्ने आदेश दिएकोमा धरौटी तिर्न नसक्दा कुँवर जेल चलान भएका थिए । प्रशासनले कुँवरलाई उनका भिनाजु भिम भारतीको जिम्मा लगाएको थियो । एमाओवादी अध्यक्ष दाहालकै तर्फबाट धरौटी रकम आएपछि कुँवर थुनामुक्त भएको काठमाडौंका सिडिओ चुडामणि शर्माले जानकरी दिए । दाहालका सहयोगी शिव खकुरेल धरौटी रकम लिएर प्रशासन कार्यालय पुगेका थिए । सिडिओ शर्माका अनुसार कुँवरलाइ ७ दिनको तारेखमा छाडिएको छ । उनको अन्तिम फैसला हुन बाँकी छ ।
उनलाई जेलबाट छुटाउन स्वदेश र विदेशमा रहेका नेपालीहरुले चन्दा संकलन अभियान सुरु गरेपछि रातारात दाहालले धरौटी रकम तिरिदिने घोषणा गरेका हुन् । झण्डै चार सातादेखि सार्वजनिक अपराध ऐनअन्तर्गत कुँवरलाई प्रहरी हिरासतमा राखिएको थियो । पटक–पटक म्याद थप्दै प्रहरीले उनलाई २४ दिन हिरासतमा राखिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विराटनगर।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिवार भएको मतदानमा मतगणना प्रदेश १ मा अझै सुरु भएको छैन । कांग्रेस पार्टी कार्यालय मोरङमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

आजको प्रमुख समाचार