वर्तमान सरकारले नागरिको समस्या सम्बोधन गर्दैनः खनाल

२६ मंसिर २०६९, मंगलवार १४:११ मा प्रकाशित

काठमाडौं, २६ मंसिर । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान सरकारले जनताको कुनै समस्या सम्बोधन नगर्ने आरोप लगाएका छन् । सरकार सशक्त नभएसम्म नागरिकका आवश्यकता सम्बोधन हुने नसक्ने खनालको भनाई थियो । सञ्चारिका समूहले आज काठमाडौंमा गरेको कार्यक्रममा खनालले अहिले सरकार निरिह र राज्यका सबै संयन्त्र कमजोर भएकाले महिला हिंसा बढेको दावी पनि गरे ।
‘सरकार अत्यन्त निरिह छ, राज्यका सबै संयन्त्र कमजोर छन्’, खनालले भने, ‘त्यसैले नागरिकका आवश्यकता सम्बोधन भएनन् ।’ मिडियाको विकासले महिला हिंसाका केही घटना बाहिर आएपनि उजुरी गर्ने निकाय नहुँदा अझै पनि धेरै घटना सार्वजनिक हुन नसकेको उनको भनाई थियो ।
कार्यक्रममा मुख्य सचिव लिलामणि पौडेलले महिलाहरु आर्थिक लगायतका पक्षमा सक्षम नभएसम्म जागरण र जनचेतना अभियान चलाउनु प्रभावकारी नहुने बताए । सरकारी पहलले मात्रै महिला हिंसा रोकिन नसकिने भन्दै उनले महिला आफै जागरुक हुनुपर्नेमा जोड दिए ।
हिंसा न्यूनीकरणमा सरकार गम्भीर रहेको भन्दै उउनले हिंसा कम गर्नकै लागि १ हजार ७५ महिला प्रहरीको दरबन्दी थपेको जानकारी दिए ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रहरी अतिरिक्त महानिरिक्षक नवराज ढकालले हिंसाका हिंसाका घटनामा उजुरी गर्न प्रहरीकहाँ पुगेपनि पछि फर्केर नआउने गरेको बताए ।
घटनामा प्रमाण जुटाउन प्रहरीलाई पीडित र उनीहरुका आफन्त तथा साथीले नै असहयोग गर्ने गरेको उनको भनाई छ । उनका अनुसार प्रहरीमा हिंसाका ३ हजार ३ सय उजुरी परेकोमा २२ सय ५० घरेलु हिंसाका मात्रै रहेका छन् ।
यस्तै जिल्ला अदालतमा १४ वटा मुद्धा परेका छन् । महिला आयोगकी अध्यक्ष मोहना अन्सारीका अनुसार आयोगमा महिला हिंसाका १ सय ७१ वटा उजुरी परेकोमा घरेलु हिंसाका घटना धेरै रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार