रौतहटमा गिद्ध लोप हुँदै

२६ मंसिर २०६९, मंगलवार १२:३९ मा प्रकाशित

गौर, २६ मंसिर । बढ्दो सहरीकरण र जङ्गल विनासका कारण प्रकृतिको कूचीकार मानिने गिद्ध लोप हुँदै गएको छ ।
दुईचार वर्ष अगाडिसम्म रौतहटका विभिन्न गाविसहरूमा बथानै–बथानमा देखिने गिद्ध हिजोआज देखिने गरेको छैन । रसायनिक मल तथा मरेका जनावरलाई माटोमुनि गाडिने चलन बढेका कारण पनि रौतहटका विभिन्न गाविसमा देखिने गिद्ध लोपोन्मुख हुँदै गएको जिल्ला पशुसेवा कार्यालय रौतहटले जनाएको छ ।
पछिल्ला दिनमा गिद्ध लोप हुनुको मुख्य कारण विभिन्न समयमा घरपालुवा पशुहरूमा डाइक्लोफिनाइक नामक औषधिको प्रयोग पनि हो । साथै वनविनासले पनि गिद्ध लोप हुने क्रम बढेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ३ सय ८६ जनाको

झापा।जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए । हराएकामध्ये सबैभन्दा धेरै

तनहुँ। दोस्रो लहरको कोरोना सुरू भएपछि भानु नगरपालिका–१३ मिर्लुङकोटको काखमा रहेको टुटेपानी सामुदायिक होमस्टे आठ महिना पाहुनाका लागि बन्द भयो । दोस्रो

कञ्चनपुर।भारतबाट फर्किदै गरेका रोल्पाका छवि रोकामगर अरु साथीहरूसँगै स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी नाकामा रहेको हेल्थ डेस्कमा लामबद्ध थिए । लाइन