अभिनेत्री मनिषा कोइरालाको अपरेसन सफल

२६ मंसिर २०६९, मंगलवार १२:२४ मा प्रकाशित

न्युयोर्क, २६ मंसिर । अभिनेत्री मनीषा कोइरालाको पाठेघरको शल्यक्रिया सफल भएको छ । स्थानीय समय मुताविक सोमबार राति साढे एघार बजे अर्थात नेपाली समय अनुसार मंगलबार बिहान सवा दश बजे शल्यक्रिया पूरा भएको थियो । म्यानहाटन स्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा ४२ बर्षीया कोइरालाको शल्यक्रिया चिकित्सक डेनिस ची ले गरेका थिए ।
शल्यक्रिया साढे ६ घण्टा भन्दा बढी चलेको थियो । ची, न्युयोर्कमै नाम चलेको ओभोरियन क्यान्सरु रोग बिशेषज्ञ हुन् । झण्डै एक सय ३० बर्ष पहिले स्थापना भएको मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टर, विश्वमै प्रसिद्वि कमाएको क्यान्सर अस्पताल हो ।
शल्यक्रिया सम्पन्न भएपनि परिवारका सदस्यहरुलाई मनीषासँग तत्काल भेटन भने दिईएको छैन । केही साता मनीषा अस्पतालमै रहनेछिन् । समाचार स्रोतका अनुसार चिकित्सक ची ले परिवारका सदस्यहरुसँग शल्यक्रिया पूर्वको कुराकानीमा आफू अप्रेशसन कक्षबाट दुई घण्टा भित्र मै बाहिर आए, बिरामीको अवस्था नराम्रो रहेको अनुमान गर्नु । यदि ६, ७ घण्टा लगाएर फर्किए भने अप्रेसन राम्रो भयो भनेर सोच्नु भनेका थिए ।
शल्यक्रिया लामो हुनुको अर्थ यो स्टेजको बिरामीको सबै समस्याको निदान सकेर आफू फर्किएको ठान्नु भन्दै चिकित्सक ची अप्रेशन कक्ष भित्र गएका थिए ।
निर्धारित तालिका अनुसार सोमबार मध्यान्ह १२ बजे गर्ने भनिएको मनीषाको शल्यक्रिया झण्डै पाँच घण्टा पछि सुरु भएको थियो । मनीषा भन्दा पहिले पालो रहेको बिरामीको शल्यक्रियामा केही ढिलाई भएपछि उनलाई साँझ पाँच बजे अप्रेशन कक्ष भित्र लगिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार