महानगर दिवसका मनाउन उपसमितिहरु गठन

२६ मंसिर २०६९, मंगलवार १२:२१ मा प्रकाशित

 काठमाडौँ, २६ मंसिर । काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २८ देखि ३० गतेसम्म १८ औँ स्थापना दिवस मनाउने भएको छ ।
महानगरपालिकाको घोषणा भएको दिन मङ्सिर २९ मा यो दिवस प्रत्येक वर्ष मनाइने भए पनि यसपटक तीनदिनसम्म मनाउन लागिएको हो । यसपटक महानगरपालिकाको विकासका लागि महानगरपालिकाले खेल्नुपर्ने विषयमा विभिन्न व्यक्तिहरूसँग अन्तक्र्रिया, महानगर क्षेत्रमा विशेष सरसफाइ, राष्ट्रियसभा गृहमा विभिन्न जाति समुदायको खाना महोत्सव (फुड फेस्टिभल), राष्ट्रिय कलाकारबाट विभिन्न सांस्कृतिक कार्यक्रम, विशेष झाँकीसहितको ¥यालीलगायतका कार्यक्रमको आयोजना गरिने भएको छ ।
महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीको अध्यक्षतामा महानगर मूल समारोह समिति गठन गरी महानगरपालिकाका सम्पूर्ण अधिकृत, दलीय प्रतिनिधि, बुद्धिजीवी, समाजसेवीलगायतको प्रतिनिधित्व गराइएको छ । सोहीअन्तर्गत महानगरपालिका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख साधुराम भण्डारीको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति गठन भएको छ ।
यो दिवस सफलतापूर्वक सम्पन्न गर्न स्मारिका प्रकाशन उपसमिति, ¥याली तथा झाँकी व्यवस्थापन उपसमिति, परिकार तथा सांस्कृतिक व्यवस्थापन उपसमिति, पुरस्कार तथा समापन उपसमिति, अन्तरसंवाद तथा अन्तक्र्रिया उपसमिति, महानगरपालिकासम्बन्धी वृत्तचित्र निर्माण उपमिति र स्वागत सत्कार व्यवस्थापन उपसमिति गठन गरिएको कार्यक्रम व्यवस्थापन समितिका संयोजक भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले नेपाल प्रहरीमा ३ वटा दर्जा (पद) थपेको छ । प्रहरी कर्मचारीको मनोवल बढाउनका लागि भन्दै सहायक तहमा

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको थप ७ लाख २५ हजार डोज खोप ल्याइएको छ । कोभ्याक्स संयन्त्रमार्फत नेपालले प्राप्त गर्ने ६०

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा