किसानद्वारा रसायनिक मल बोकेको आधा दर्जन ट्रक नियन्त्रणमा

२६ मंसिर २०६९, मंगलवार १२:११ मा प्रकाशित

सप्तरी, २६ मङ्सिर । पूर्व–पश्चिम राजमार्गअन्र्तगत सप्तरीको रूपनीबाट किसानले आज बिहान रसायनिक मल बोकेको आधा दर्जन ट्रक नियन्त्रणमा लिएर तीन वटा ट्रकको रसायनिक मल कृषि सामग्री संस्थान राजविराजमा बुझाएका छन् ।
वीरगन्जबाट विराटनगरस्थित कृषि सामग्री संस्थानको लागि रसायनिक मल बोकी आएका ६ वटा ट्रक स्थानीय कृषकले नियन्त्रणमा लिएका हुन् ।
नियन्त्रणमा लिएका ट्रकहरूमध्ये ना४ख २५७९, ना२ख ७७४५ र ना४ख ११७९ नम्बरको ट्रकको रसायनिक मल कृषि सामग्री संस्थान राजविराजमा बुझाइएको हो । मल बोकेका अरू ट्रकलाई छाडिएको बताइएको छ ।
किसानहरूले नियन्त्रणमा लिइ बुझाएको ना४ख २५७९ को ट्रकमा ३५२ बोरा, ना२ख ७७४५ को ट्रकमा २२२ बोरा र ना४ख ११७९ नम्बरको ट्रकमा ३५२ बोरा डिएपी मल रहेको कृषि सामग्री संस्थान राजविराजका प्रमुख चन्द्र चौलागार्इंले जानकारी दिनुभयो ।
सप्तरीमा २० हजार बोरा मल तत्काल आवश्यक रहेको बताउँदै प्रमुख चौलागाईंले १० हजार बोरा मल पठाउने आश्वासन प्राप्त भएको बताउनुभयो । गहुँबाली लगाउने समयमा पनि मल उपलब्ध नभएको भन्दै स्थानीय किसानले मल बोकेको ट्रकहरू नियन्त्रणमा लिएको स्थानीय कृषक तथा एमाओवादी निकट अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य हरिनारायण महतोले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

आजको प्रमुख समाचार