झोला बेचेर आकस्मिक कोष स्थापना

२६ मंसिर २०६९, मंगलवार १२:१० मा प्रकाशित

बाबियाचौर (म्याग्दी), २६ मंसिर । गाउँका गर्भवती, सुत्केरी, जेष्ठ असहाय नागरिक र बालबालिकाको स्याहारसुसारमा सहयोग गर्न म्याग्दीको राम्चे नाँगीका बासिन्दाले झोला बेचेर आकस्मिक कोष स्थापना गरेका छन् ।
गाउँका महिलाले घरायसी र खेतबारीको कामबाट बचेको समयमा तानमा बुनेको झोला खरिद गरी आन्तरिक तथा बाह्य पर्यटकलाई बिक्री गरेर हुने आम्दानीबाट राम्चे १ र २ वडामा पर्ने नाँगीका बासिन्दाले आकस्मिक कोष स्थापना गरेका हुन् ।
एक वर्षअघि स्वयम्सेवकका रूपमा स्थानीय हिमाञ्चल उच्च माविमा आएकी फ्रान्सकी स्वास्थ्यकर्मी एल्जाको सक्रियतामा “मिलीजोला एसोसिएसन” स्थापना गरी कोषमा रकम जम्मा गर्न थालिएको सो कार्यक्रमका व्यवस्थापक कृष्ण पुर्जाले जानकारी दिनुभयो ।
व्यवस्थापक पुनका अनुसार अन्नपूर्ण धौलागिरि सामुदायिक इको पदमार्गअन्तर्गत पर्ने नाँगी गाउँ भ्रमणका लागि आएका विदेशी तथा आन्तरिक पर्यटकलाई कार्यक्रमको उद्देश्यबारे जानकारी गराएर झोला बेच्ने र सोबाट भएको आम्दानी कोषमा जम्मा गर्ने गरिएको छ । एल्जाले नाँगीमा तयार पारिएको झोला फ्रान्समा पनि पु¥याएर बजारीकरण गरेकी छिन् ।
कोषको रकम गर्भवती तथा प्रसूति अवस्थाका महिलालाई स्वास्थ्य संस्थासम्म पु¥याउन, शिशुको स्याहारसुसार तथा पोषणका लागि आवश्यक सामग्री र खाद्यान्न उपलब्ध गराउन र असहाय तथा जेष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि खर्च गरिने कार्यक्रमकी कोषाध्यक्षसमेत रहेकी स्थानीय महिला स्वास्थ्य स्वयम्सेविका राममाया पुनले बताउनुभयो । ७०० देखि रु एक हजारसम्ममा झोला बिक्री हुने गरेको छ । १०५ वटा झोला बिक्री गरेर भएको मुनाफा वापतको रु ५५ हजार कोषमा जम्मा गरिसकेको र दुईजना सुत्केरीले कोषबाट सेवा लिइसकेको कोषाध्यक्ष पुनले जानकारी दिनुभयो ।
ती सुत्केरीलाई पोषक तत्व पाइने खानेकुरा र बच्चाको स्याहारका लागि रु एक हजार बराबरको सहयोग गरिएको छ । दुर्गम ग्रामीण क्षेत्रमा मातृशिशु मृत्युदर कम गर्न यस्तो अभियान चलाइएको हो । बजारबाट धागो किनेर गाउँका महिलालाई झोला बुन्न लगाएवापत ज्याला दिने गरिएकाले उनीहरूलाई आयआर्जनमा समेत सहयोग पुगेको छ भने स्थानीय महिलाको सीप अन्तर्राष्ट्रिय बजारसम्म प्रवद्र्धन भएको राम्चे गाविसका सचिव शालीग्राम सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

आजको प्रमुख समाचार