थिमी नगर क्षेत्रमा सार्वजनिक जग्गाको अतिक्रमण बढ्यो

२६ मंसिर २०६९, मंगलवार १२:०५ मा प्रकाशित

भक्तपुर, २६ मंसिर । मध्यपुर थिमी नगरपालिका क्षेत्रमा सार्वजनिक जग्गा, चोक, सडक अतिक्रमण गरी मापदण्ड विपरीत घर तथा भवन निर्माण गर्ने कार्य बढ्दै गएको छ । थिमी नगरपलिका क्षेत्रमा अतिक्रमण र मापदण्ड विपरीत घर तथा भवन बन्ने क्रम बढ्दै गएपछि नगरपालिकामा त्यस्तो कार्य रोक्न जनस्तरबाटै विरोध हुन थालेको छ ।
वार्षिक १०० भन्दा बढी घर तथा भवन मापदण्ड विपरीत निर्माण हुँदा पनि नगरपालिकाले त्यस्ता कार्यलाई रोक्न र कारबाही गर्न कुनै तत्परता नदेखाएपछि यस्ता घर तथा टहरा निर्माण हुने क्रम बढ्दै गएकोे स्थानीय जनताको गुनासो छ । थिमी कमेरोटारका वासुदेव श्रेष्ठले नगरपालिकामा उजुरी गर्दासमेत नगरपालिकाले मापदण्ड विपरीत सार्वजनिक जग्गा एवम् सडक नै मिचेर भवन बनाएको देख्दा पनि त्यसलाई रोक्न चासो नदिएको बताउनुभयो ।
नगरपालिका क्षेत्रमा सडक तथा सार्वजनिक जग्गा मिचेर भवन बनाउन प्रतिस्पर्धा चल्ने गरेको नगरपालिकाका कर्मचारीले नै बताएका छन् । थिमी नगरपालिका कार्यालय अगाडि नै मापदण्ड विपरीत सडक मिचेर घर बनाउँदासमेत नगरपालिकाले कारबाहीका लागि कुनै चासो नदिएको स्थानीय कुशबहादुर श्रेष्ठले बताउनुभयो । नगरपालिकामा नक्सा पासमा आर्थिक चलखेल हुने गरेकाले यस्ता नियम विपरीत निर्माण भएका घर जग्गामा कार्यालय प्रमुखदेखि इन्जिनियरसम्मले कारबाही नगर्ने गरेको राजनीतिक दलका प्रतिनिधिहरूको आरोप छ ।
चालु आव २०६७÷०६८ मा मात्र थिमी क्षेत्रमा २१ वटा घर तथा भवन मापदण्ड विपरीत सडक, सार्वजनिक जग्गा एवम् चोक अतिक्रमण गरेर निर्माण गरेको उजुरी परेपछि मुद्दा चलाएर कारबाही गर्न पत्राचार गरेको र यस वर्ष पनि त्यस्तोमा उजुरी आएमा रोक्न पत्राचार गरिने नगरपालिका मुद्दा शाखाले जानकारी दिएको छ । मापदण्ड विपरीत बनेका यस्ता कतिपय संरचनामाथिको विवाद वडा कार्यालयमा नै छिनोफानो हुने भएकाले वर्षमा कति भवन यसरी बन्छन् भन्ने यकिन तथ्याङ्क नगरपालिकासँग नभएको शाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

काठमाडौँ । संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा

आजको प्रमुख समाचार