तराईमा बढ्यो जाडो

२६ मंसिर २०६९, मंगलवार १२:०३ मा प्रकाशित

भद्रपुर, २६ मंसिर । तराईको पूर्वीक्षेत्रमा अप्रत्यासितरूपमा एक्कासी बाक्लो कुहिरो लाग्न थालेसँगै जाडोमा बृद्धि भएपछि जनजीवनका साथै तरकारी खेती पनि प्रभावित हुने सम्भावना देखिन थालेको छ ।
बिहानैदेखि प्रायः दिनभर मौसम प्रतिकूल भएपछि मानिसहरूको चहलपहल घटेको छ । बाक्लो कुहिरोले आकास ढाकिएका कारण अधिकांस किसानले धानबाली घर भित्रयाउन सकेको छैनन् । गहुँबालीका लागि खेत तयार गर्न जुटेका किसानहरू मौसमको प्रतिकूलतामा मारमा परेको छ ।
आलुबालीको पात तुषारोका कारण गल्नसक्ने सम्भावना देखिन थालिएको छ । समग्रमा भन्नुपर्दा कृषि क्षेत्रमा मौसमको प्रतिकूलताले नोक्सान हुने सम्भावना बढ्न थालेको छ । करिब एकसातादेखि जाडोमा वृद्धि भएपछि न्यानो लुगाको विक्री ह्वातै बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौं।बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र

सप्तरी । राष्ट्रिय जनगणना ९ मंसिरबाट सम्पन्न भएको छ । तर सप्तरीका धेरै परिवार जनगणनाबाट वञ्चित भएको स्थानीयको भनाइ छ।