मानव अधिकार रक्षाका लागि अन्तर्राष्ट्रिय समुदायले सघाउने

२६ मंसिर २०६९, मंगलवार ११:१८ मा प्रकाशित

काठमाडौँ, २६ मङ्सिर । बेलायतसहित युरोपेली सङ्घमा आबद्ध मुलुकहरूले नेपालमा मानवअधिकार प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा यहाँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा नेपालका लागि बेलायतका राजदूत जोन टकनटले नेपालमा मानवअधिकारको पूर्ण प्रत्याभूति होस् भन्ने आफ्नो मुलुकको चाहना रहेको बताउनुभयो ।
बेलायतको विकास सहयोग नियोग (डिएफआइडी)ले नेपालमा मानव अधिकार रक्षाका निम्ति सहायता गर्दै आएको दोहो¥याउँदै ८१ प्रतिशत नेपाली महिला घरेलु हिंसाको शिकार भएका हालैको एक सर्वेक्षणले देखाएको बताउनुभयो । डेनमार्कका राजदूत मोर्टेन जेसपेर्सनले आफ्नो मुलुकले विगत २० वर्षदेखि नेपालमा मानवअधिकारको क्षेत्रमा काम गर्दै आएको चर्चा गर्दै राजनीतिक नेतृत्वले शोषितपीडित समुदायको अधिकार रक्षाका निम्ति सम्वेदनशील भएर कार्य गर्न अपरिहार्य भएको विचार व्यक्त गर्नुभयो ।
फ्रान्सेली राजदूत जेन चाल्र्स डिमार्किसले मानवअधिकार प्रजातन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै मावनअधिकार रक्षाका निम्ति सरकारीस्तरमा आवश्यक प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।
फिनल्यान्डका राजदूत आस्को लुकाइनेले राष्ट्रिय मानव अधिकार आयोगमार्फत मानवअधिकार प्रवद्र्धनमा नेपाललाई सहायता गर्दै आएको र त्यो निरन्तर रहने दृढता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रतिनिधिमण्डलका कार्यबाहक राजदूत जेरार्डभान ड्रिसेचे र जर्मनीका कार्यबाहक राजदूत हेनिङ हानसेनले नेपालले मानवअधिकारको क्षेत्रमा धेरै गर्न बाँकी रहेको विचार व्यक्त गर्दै त्यसका लागि आफ्ना मुलुकले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार