रियलले १४औं पटक जित्याे च्याम्पियन्स लिगको उपाधि

१५ जेष्ठ २०७९, आईतवार ०७:०४ मा प्रकाशित

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडले कीर्तिमानी १४औं पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । गएराति फ्रान्सको पेरिसमा भएको यो सिजनको फाइनल खेलमा इंग्लिस क्लब लिभरपुललाई १–० ले पराजित गर्दै रियल च्याम्पियन बनेको हो ।

रियलकाे जितमा ब्राजिली विंगर फरवार्ड भिनिसियस जुनियरले गरेको गोल नै निर्णायक बन्यो । उनले ५९औं मिनेटमा फेडे भाल्भेर्डेको पासमा गोल गरेका थिए ।

खेलको पहिलो हाफबाटै खेलमा पकड जमाएको लिभरपुलले भने पाएका अवसर सदुपयोग गर्न नसक्दा उपाधिविहिन बन्यो । साथै लिभरपुलका हरेक खेलाडीहरुको प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले विफल पारे ।

यससँगै रियल कीर्तिमानी १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । पछिल्लो ९ सिजनमा रियलले पाँचौं पटक च्याम्पियन्स लिग उपाधि जितेको हो । रियलले पछिल्लो पटक २०१८ मा च्याम्पियन्स लिग जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य गर्ने निर्णय गरेसँगै मन्त्रालयहरुले मातहतका निकायलाई त्यसबारे निर्देशन दिएका छन्

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागी हुन नेपाली सेनाले लेखेको पत्र मर्यादा बाहिरको

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट निश्चित घराना र व्यापारीलाई फाइदा पुर्‍याएर

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका