ब्रिक्स समूह छिट्टै विस्तार हुने चीनको भनाइ

१५ जेष्ठ २०७९, आईतवार ०७:०१ मा प्रकाशित

काठमाडौं । ब्राजिल-रुस-भारत-चीन-दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्स समूह राष्ट्रहरूको संगठन विस्तार प्रक्रिया शुरु हुने भएको चिनिया सरकारी स्रोतले जानकारी गराएको छ ।

 

चीन सरकारका अनुसार नयाँ विकासशील मुलुकका सदस्यलाई समावेश गर्न बिस्तार प्रक्रिया थालिने भएको चीनको विदेश मन्त्रालयले शुक्रबार जनाएको हो ।

‘ब्रिक्सको विस्तारलाई बेइजिङले सक्रियतापूर्वक बढावा दिनेछ र यस समूहमा सामेल हुन धेरै विश्वव्यापी साझेदारहरूलाई स्वागत गर्नेछ’, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले ब्रिक्स विस्तार गर्ने सम्बन्धमा बेइजिङको दृष्टिकोणमा सञ्चारकर्मीको प्रश्नको जवाफमा भने ।

उनले भने, ‘ब्रिक्स विस्तारका विषयमा गहन छलफल जारी राख्न र त्यसका लागि सहमतिका आधारमा मापदण्ड र प्रक्रिया निर्धारण गर्न चीनले ब्रिक्स सदस्यहरूसँग काम गर्नेछ । हामी ब्रिक्सको ठूलो परिवारमा सामेल हुने समान विचार भएका साझेदारहरूको प्रतीक्षामा छौं ।’

ब्रिक्स एक बहुपक्षीय मन्च हो जसमा विश्वका पाँच प्रमुख उदीयमान अर्थतन्त्र भएका मुलुकहरू, ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका रहेका छन् । हालै सम्पन्न ब्रिक्स विदेशमन्त्रीहरुको बैठकले मन्त्रीहरूको बैठकका क्रममा ‘ब्रिक्स प्लस’ परामर्श पनि आयोजना गरिएको बेला यस पहलको विस्तारलाई समर्थन गरेको वाङले बताए ।

रिपोर्टअनुसार मे २३ मा यूएई, साउदी अरब, इजिप्ट, कजाकस्तान, इन्डोनेसिया, अर्जेन्टिना, नाइजेरिया, सेनेगल र थाइल्याण्डलगायत देशका मन्त्रीहरुसँगको मुख्य बैठकका क्रममा ब्रिक्स प्लस भर्चुअल सम्मेलन आयोजना गरिएको थियो ।

ब्रिक्स प्लस ब्रिक्सको विस्तारको नयाँ चरण हो । यसको संयुक्त आर्थिक विकास सम्भाव्यताका लागि पहिले नै छानिएको छ । यसको उद्देश्य धेरै देशहरूलाई स्वागत गर्नु र आर्थिक अवस्था बढाउनु हो । चिनियाँ विदेश मन्त्रालयका अनुसार, चीनले ब्रिक्स विस्तार प्रक्रियाको सुरुआतलाई सक्रिय समर्थन गर्छ र ‘ब्रिक्स प्लस’ लाई विस्तार गर्न चाहन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको

काठमाडौँ । सरकारले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य गर्ने निर्णय गरेसँगै मन्त्रालयहरुले मातहतका निकायलाई त्यसबारे निर्देशन दिएका छन्

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागी हुन नेपाली सेनाले लेखेको पत्र मर्यादा बाहिरको

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट निश्चित घराना र व्यापारीलाई फाइदा पुर्‍याएर