पर्यटन प्रवद्र्धन गर्न पेरिसमा ‘रमाइलो साँझ’

२६ मंसिर २०६९, मंगलवार ०९:३३ मा प्रकाशित

पेरिस, २६ मंसिर । फ्रान्समा नेपाल प्रवद्र्धनका लागि निरन्तर प्रयास गर्दै आएको नेपाली राजदूतावास, पेरिसले गत शुक्रबार साँझ पेरिसमा एक रमाइलो कार्यक्रम आयोजना गरेको छ । पेरिसमा कार्यरत विभिन्न वीस मुलुकका उच्च पदस्थ व्यक्तिहरु सो कार्यक्रममा सहभागी भएको नेपाली दूतावासले जनाएको छ ।
सो अवसरमा फ्रान्सका लागि नेपाली राजदूत तथा युनेस्कोका लागि स्थायी प्रतिनिधि मोहनकृष्ण श्रेष्ठले पाहुनाहरुलाई स्वागत गर्दै नेपालका प्रकृतिक तथा धार्मिक–सांस्कृतिक सम्पदाहरुबारे बर्णन गर्नुभएको थियो । भगबान बुद्धका उपदेशहरुको बारेमा उपस्थित विदेशी पाहुनाहरुलाई बुझाउँदै पवित्र लुम्बिनीको भ्रमण गर्न उहाँले आग्रह गर्नुभयो । पाहुनाहरुले नेपाललाई ‘अमेजिङ कन्ट्री’ भन्दै तारिफ गरेका थिए । कार्यक्रममा पर्यटन प्रवद्र्धनसँग सम्बन्धित विभिन्न सामग्रीहरु उपहारको रुपमा प्रदान गरिएको थियो भने तीनजना पाहुनालाई लट्री उपहार प्रदान गरिँदा कार्यक्रमस्थलमा थप रौनकता छाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको