कुँवरको धरौटी प्रचण्डले तिरे

२६ मंसिर २०६९, मंगलवार ०९:१५ मा प्रकाशित

काठमाडौं, २६ मंसिर । सार्वजनिक कार्यक्रममा आफूलाई गालामा झापड हान्ने बाग्लुङका पदम कुँवरलाई अदालतले तोकेको २८ हजार धरौटी रकम एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल आफैंले तिरेका छन् ।
प्रचण्डले धरैटि रकम तिरिदिएपछि दाहाललाई २५ दिनअघि भृकुटीमन्डपमा झाप्पड हान्ने कुँवर आज मुक्त गरेको छ ।
यसअघि सोमबार प्रशासनले २८ हजार धरौटी लिएर तारेखमा छाड्ने आदेश दिएकोमा धरौटी तिर्न नसक्दा कुँवर जेल चलान भएका थिए । प्रशासनले कुँवरलाई उनका भिनाजु भिम भारतीको जिम्मा लगाएको छ । एमाओवादी अध्यक्ष दाहालकै तर्फबाट धरौटी रकम आएपछि कुँवर थुनामुक्त भएको काठमाडौंका सिडिओ चुडामणि शर्माले जानकरी दिए । दाहालका सहयोगी शिव खकुरेल धरौटी रकम लिएर प्रशासन कार्यालय पुगेका थिए । सिडिओ शर्माका अनुसार कुँवरलाइ ७ दिनको तारेखमा छाडिएको छ । उनको अन्तिम फैसला हुन बाँकी छ ।
उनलाई जेलबाट छुटाउन स्वदेश र विदेशमा रहेका नेपालीहरुले चन्दा संकलन अभियान सुरु गरेपछि रातारात दाहालले धरौटी रकम तिरिदिने घोषणा गरेका हुन् । झण्डै चार सातादेखि सार्वजनिक अपराध ऐनअन्तर्गत कुँवरलाई प्रहरी हिरासतमा राखिएको थियो । पटक–पटक म्याद थप्दै प्रहरीले उनलाई २४ दिन हिरासतमा राखिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार