उम्मेदवारी घोषणा गर्दैमा प्रधानमन्त्री पाइन्न : मन्त्री रायमाझी

२५ मंसिर २०६९, सोमबार २३:२६ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २६ मंसिर । शान्ति तथा पुनर्निर्माणमन्त्री टोपबहादुर रायमाझीले राजनीतिक पार्टीहरुले देशको निकासभन्दा कुर्चीलाई प्रमुख बिषय बनाएकाले समस्या बल्झिएको तर्क गरेका छन् । देशलाई निकास दिने दिशामा भन्दा पनि प्रतिपक्षहरुले सरकारको नेतृत्वमा जोड दिएकोले समस्या जटिल बन्दै गएको मन्त्री रायमाझीले बताए ।
क्रान्तिकारी पत्रकार संघ पाल्पाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रायमाझीले अर्को सरकार बन्ने कुनै आधार नहुंदासम्म प्रधानमन्त्रीले राजीनामा नदिने जनाए । कांग्रेस र एमालेले एमाओवादीको विश्वास नजितेसम्म सरकारको नेतृत्व अन्य दललाई दिन नसकिने उनको कथन थियो । विपक्षीहरुले सरकारको राजीनामा गराएर देशलाई प्रतिगमनतर्फ लैजाने, गणतन्त्र र संघियतालाई नष्ट गर्ने चाल चलेको हुन सक्ने अनुमान गर्दै मन्त्री रायमाझीले कांग्रेसले उम्मेदवार घोषणा गर्दैमा प्रधानमन्त्री पाईन्छ भनेर सोच्नु दिवा सपना मात्र भएको बताए ।
यही अबस्थामा एमाआवादीले कुनै पनि हालतमा सत्ता नछोड्ने दाबी गर्दै कांग्रेस सरकारको नेतृत्व गर्न लायक पार्टी नै नभएको जिकीर पनि रायमाझीले गरे । सुशील कोइराला चुनावमा जितेका नेता नभएकोले एमाओवादीले नेपाली कांग्रेसलाई समर्थन गर्ने आधार नै नभएको मन्त्री रायमाझीको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

धनकुटा।नेपाली कांग्रेस धनकुटा सभापतिमा दिनेश राई विजयी भएका छन् । देउवा पक्षीय राईले पौडेल पक्षका कमोट फागोलाई ३४ मत अन्तरले

काठमाडौं । नेपाली काँग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८

काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि

तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीकाे हत्या गरेकाे मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएकाे छ ।

आजको प्रमुख समाचार