प्रचण्डलाई थप्पड हान्ने कुँवर प्रवाशी नेपालीहरुको आर्थिक सहयोगमा छुट्ने

२५ मंसिर २०६९, सोमबार २१:५१ मा प्रकाशित

काठमाडौ, २५ मंसिर । प्रशासन लाई बुझाउने धरौटी बापतको रकम २८ हजार नभएर रुपैयाँ जुटाउन नसकेका कारण जेल चलान भएका प्रचण्डलाई थप्पड हान्ने बाग्लुङका पदम कुँवरलाई प्रवाशी नेपालीहरुले सहयोग गर्ने भएका छन । प्रचण्डलाई थप्पड हान्ने कुँवरसँग प्रशासन लाई बुझाउने धरौटी बापतको रकम २८ हजार रुपिया नभएको समाचार सार्वजनिक भएपछि विदेशमा रहेका नेपालीहरुले सहयोग गरेका हुन् । कुँवरको परिवारले दिएको जानकारी अनुसार भोलि प्रशासन लाई आवश्यक धेरौटी बुझाए पछी उनि छुट्ने छन् । सोमबार भएको सुनुवाइमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी चूडामणि शर्माले २८ हजार धरौटी राखेर तारेखमा छोड्न आदेश दिएका थिए । धरौटी राख्ने रकम नभएपछि आजै उनलाई केन्द्रीय कारागार चलान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार