फोर्ब्सको ३० वर्षमुनिका ३० प्रभावशाली एसियन युवाको सूचीमा ५ नेपाली

१२ जेष्ठ २०७९, बिहीबार १६:२५ मा प्रकाशित

काठमाडौं । फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको ३० वर्ष मुनिका ३० जना प्रभावशाली एसियान युवाको सूचीमा ५ जना नेपाली परेका छन् । सूचीमा सुजित पाठक, सुमित दाहाल, ऐश्वर्या रानी सिंह, निरज काफ्ले र सन्तोष पाण्डे परेका हुन्।

चार हजारभन्दा बढी युवाबाट तीन सय जना छनौट गरिएकोमा सोही तीन सयबाट ३० वर्ष मुनिका ३० जना उद्यमी, सामाजिक काममा सक्रिय, नेतृत्वदायी र समाजमा सकारात्मक भूमिका निर्वाह गरेका युवाको अन्तिम सुची तयार पारिएको हो ।

२९ वर्षीय सुजित पाठक इनग्रेल नेपालका सहसंस्थापक हुन्। उनी ‘कन्जुमर टेक्नोलोजी’ विधामा सूचीकृत भएका हुन् । प्रारम्भिक दिनमा एक सञ्चार एपको रूपमा सुरू भएको इनग्रेल नेपालले हाल नेपालका ८ सयभन्दा बढी विद्यालयमा डिजिटल सहायता पुर्‍याइरहेको छ।

त्यस्तै सुमित दाहाल नासा गोडार्ड स्पेस फ्लाइट सेन्टरका प्रयोगात्मक एस्ट्रोफिजिसिस्ट र पोस्टडक्टरल हुन् । २७ वर्षीय सुमितले ब्रह्माण्डको उत्पत्ति र विकासको अध्ययनका लागि टेलिस्कोपहरू निर्माण गरिरहेका छन्। उनले चिलीको अटाकामा मरूभूमिमा ब्रह्माण्डको प्रारम्भिक क्षणका माइक्रोवेबका अवशेषहरू अध्ययनका लागि तीनवटा माइक्रोवेब टेलिस्कोप तयार पारेका छन्।

पुतली नेपालकी संस्थापक बोर्ड अध्यक्ष ऐश्वर्या रानी सिं‍ह ‘सोसल इम्प्याक्ट’ अर्थात सामाजिक प्रभाव विधामा सूचीकृत भएकी हुन्। पुतली नेपाल एक गैरनाफामूलक संस्था हो, जसले युवाहरूलाई उनीहरूको समुदायमा प्रशिक्षक बन्न मद्दत गर्छ। यो संस्था महिनावारी स्वच्छता शिक्षा र प्रशिक्षणमा केन्द्रित संस्था छ।

‘रिटेल एन्ड इ-कमर्स’ विधामा सूचीकृत निरज काफ्ले र सन्तोष पाण्डे अफरिङ ह्यापिनेसका सह-संस्थापकहरू हुन्। २८ वर्षीय निरज र २५ वर्षीय सन्तोषले सन् २०१७ मा अफरिङ ह्यापिनेस सञ्चालनमा ल्याएका हुन्। ‘अफरिङ ह्यापिनेस’ ले उपहार र सर्प्राइज प्याकेज डेलिभरी गरेर खुसी बाँड्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य गर्ने निर्णय गरेसँगै मन्त्रालयहरुले मातहतका निकायलाई त्यसबारे निर्देशन दिएका छन्

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागी हुन नेपाली सेनाले लेखेको पत्र मर्यादा बाहिरको

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट निश्चित घराना र व्यापारीलाई फाइदा पुर्‍याएर

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका