यसरी तिरे देउवाले माधव नेपालको गुण

१२ जेष्ठ २०७९, बिहीबार १६:०७ मा प्रकाशित

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीबाट पदच्युत गरी देउवालाई प्रधानमन्त्री बनाउन माधवकुमार नेपालको ठूलो योगदान छ । यदि माधव नेपालले एमाले विभाजन नगरेको भए देउवा प्रधानमन्त्री हुँदैनथे । ओलीको दबदबा अहिले पनि कायम रहन्थ्यो । तर, राजनीति सधैं सिधा बाटोमा हिँड्दैन ।

तत्कालीन नेकपामा चलेको शक्ति संघर्षले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल बाहिरिए । प्रचण्डको माओवादी पार्टी कायम रह्यो भने माधव नेपाल एमालेबाट बाहिरिए । ओलीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि नेपालले एकीकृत समाजवादी खोले । जुन पार्टीले अहिले २० स्थानीय तह जित हासिल गरेको छ ।

एकीकृत समाजवादीले महानगरपालिका, उपमहानगरपालिका प्रमुख जित्नुमा कांग्रेसकै भूमिका ठूलो रहेकाले अहिले देउवाले माधव नेपालको गुण तिरेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

स्थानीय निर्वाचनमा यसपटक एमालेले एउटा पनि महानगरपालिका जित्न सकेन । ६ मध्ये दुई नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एक–एकवटा जितेका छन् । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले जितेका छन् । घोषणा हुन मात्र बाँकी छ ।

स्थानीय तहको सबैभन्दा ठूलो महानगरपालिका नै जित्न नसकेपछि एमाले अध्यक्ष केपी ओली चिन्तित बनेका छन् । अब फेरि पाँच वर्षसम्म कुर्नुपर्ने भएकाले अहिलेकै क्रेज कायम रहन्छ भन्ने पनि छैन । गत भदौमा मात्र गठन भएको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा मेयर जितेपछि एमालेमा भुइँचालो नै गएको छ । हिजोसम्म माधव नेपालको पार्टी पत्तासाफ हुन्छ भनेर कुर्लने एमाले नेता कार्यकर्ता अहिले दूलो पसेका छन् ।

एकीकृत समाजवादीले पाएको यो सफलतामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ठूलो योगदान छ । आफ्ना पार्टीका उपमेयरका उम्मेदवार कोपिला रानाभाट पराजित भए पनि कांग्रेसले एकीकृत समाजवादीका मेयरका उम्मेदवार धनराज आचार्यलाई जिताएर पठाइदिए ।

त्यति मात्र होइन, हेटौंडा उपमहानगरपालिकाको मेयरमा पनि माधव नेपालकै पार्टीका उम्मेदवार मिनाकुमारी लामा विजयी भइन् । एमाले र कांग्रेसको गढमा एकीकृत समाजवादीले चुनाव जित्नु सानोतिनो सफलता होइन । त्यही भएर अहिले देउवा र माधव नेपालको मित्रताबारे चारैतिर चर्चा परिचर्चा हुन थालेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अति भएको भन्दै सरकारको विरोध गरेका छन् । प्रतिनिधि

पोखरा । ‘कहीँ हिमाल मात्रै छन् कहीँ ता ताल मात्र छन् । कहीँ पहाड मात्रै छन् कहीँ मैदान मात्र छन्

काठमाडौं । नेकपा माओवादीको केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्वाँईसमेत अटाउन सफल भएका छन् । आइतबारदेखि काठमाडौंमा सुरु